दोषि प्रहरी माथी कार्बाहीको मागगर्दै पीडित बस्नेतलाई गनपाव्दारा रु २५ हजार सहयोग !

गुमानसिँह भण्डारी, गल्काृट २०७५ माघ ४ । गल्कोट ३ हटियामा गत पुस २९ गते आईतबार राति साढे ९ बजेको समयमा हटिया प्रहरी बिटमा रहेका दुई जना प्रहरी जावानले हरिचौरका ४० बर्षिय सोमबहादुर बस्नेतमाथी गरेको कुटपिटप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै गल्कोट नगरपालिकाले एक प्रेस बिज्ञति जारी गरेको छ ।

नगरप्रमुख भरत शर्मा गैरे व्दारा हस्ताक्षर गरिएको बिज्ञतिमा समाजमा शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी पाएका राष्ट्रसेवक कर्मचारी र जिम्मेवार नागरिकका बिचमा त्यस्तो घटना हुनु दुखद छ । सो घटनाका सम्बन्धमा आवश्यक छानविन गरि दोषिलाई कानुनबमोजिम कारवाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउदै घाईतेको शिघ्र स्वास्थ लाभको कामना गर्दछौ । घाईतेको उपचारका लागी नगरपालिकाबट तत्काल रु २५ हजार आर्थिक सहयोग गर्ने समेत प्रतिबद्धता बिज्ञतिमा उल्लेख गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *