नि:स्वार्थ सेवाभावले सामाजिक काममा अग्रसर हुन युवाहरुलाई नगरप्रमुख नेपालीको आग्रह

गोर्खा युवा क्लबको भवन निर्माण गर्न रु २ लाख सहयोग गर्ने नगरप्रमुख नेपालीको उद्घोष !

योगेन्द्र विश्वकर्मा, २०७५ माघ ४ । निसीखोला गाउँपालिकाको वडा नम्बर १ लेबाङमा रहेको गोर्खा युवा क्लवले आफ्नो पाँचौ वार्षिक उत्सवका अवसरमा आयोजना गरेको कार्यक्रमको ढोरपाटन नगरपालिका नगर प्रमुख देव कुमार नेपालीले विहीवार उद्घाटन गरेका छन् ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका नगर प्रमुख नेपालीले विकास निर्माणका काममा कसैले पनि राजनीति गर्न नहुने भन्दै निस्वार्थ सेवा भावले सामाजिक काममा अग्रसर हुनुपर्ने बताए ।

समाजिक सुधार र विकासका लागि युवाको भुमिका महत्वपुर्ण रहने बताउदै उनले गाउँमा गठन हुने क्लवले प्रतियोगितात्मक कार्यक्रम सँगै सामाजिक हित र विकास निर्माणका कार्यमा पनि अग्रसर हुनुपर्ने सल्लाह दिए । पुरातात्विक मठमन्दिर पाटीपौवा तथा पुराना संस्कृति हामीले गौरव गर्ने आधार भएको र तिनको संरक्षणका लागि सबै जुटुपर्नेमा पनि नेपालीको जोड थियो ।

निसीखोलाको लेबाङ गाउँको विकासका लागि गाउँपालिका सँग ढोरपाटन नगरपालिका सहकार्य गर्न तयार रहेको पनि सो अवसरमा नेपालीले बताए ।

नगर प्रमूख नेपालीले क्लवको भवन निर्माणका लागि २ लाख १ हजार रुपैया आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएका छने भने वडा नम्बर १ किटेनीमा बालशिक्षा कक्षा सञ्चालनका लागि आफुले तलबभत्ता भुक्तानी दिने गरी एक जना बाल विकास सहजकर्ता राखिदिने उद्घोष समेत गरे ।

सोही अवसरमा नगर प्रमुख नेपालीले स्थानिय स्वारा आमा समूहलाइ रु ५ हजार सात्ले आमासमूहलाइ रु ५ हजार डाडागाउँ सोरठी समूह, पुरानोगाउँ सोरठी समुह र सात्ले सोरठी समूहलाइ ३/३ हजारका दरले आर्थिक सहयोग गरेका छन् । नगर प्रमुख नेपालीलाइ क्लव र आमा समूहले आज भव्य स्वागत गरेका थिए ।

कार्यक्रममा परम्परागत होरे नाच सोरठी नाच तथा विभिन्न झाँकी प्रदर्शन गरिएको थियो भने गायक राजेन्द्र घर्ती मगर गायिका पुनम थापा मगरको सांगीतिक प्रस्तुती रहेको थियो ।

उद्घाटन कार्यक्रम क्लव अध्यक्ष गंग बहादुर घर्तीको अध्यक्षता ढोनपा १ का वडाध्यक्ष चित्र बहादुर भण्डारी उद्योग वाणिज्य संघ बुर्तिबाङ इकाइ अध्यक्ष चिन्तामणि शर्माको विशिष्ट आतिथ्यता र पत्रकार योगेन्द्र विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो । प्रतियोगितात्मक कार्यक्रम आज पनि जारी रहने क्लवले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *