बागलुङमा आज देखी सुरु भएको माध्यमिक शिक्षा परीक्षा SEE मर्यादितरुपमा सम्पन्न !

सुमन सुनार, बुर्तिबाङ (बागलुङ) २०७३ चैत ३ । आज देखि यसबर्षको माध्यमिक शिक्षा परिक्षा (एसइइ) सुरु भएको छ । आज जिल्लाभर भएको अंग्रेजी विषयको परिक्षा मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको जिल्ला शिक्षा कार्यालय बागलुङले जनाएको छ । यसैबीच जिल्लाको पश्चिम क्षेत्रका विभिन्न स्थानमा भएको परीक्षा समेत मर्यादित रुपमा सम्पन्न भएको छ ।

ढोरपाटन नगरपालिका अन्तरगतको बुर्तिबाङ स्थित परीक्षा केन्द्रहरु उत्तरगंगा माध्यमिक विद्यालय बुर्तिबाङ, जनता इङलिस बोर्डिङ स्कुल बुर्तिबाङ र रिभरहेड इन्टरनेश्लन एकेडेमीमा पनि परीक्षा शान्तपूर्ण सम्पन्न भएको केन्द्राध्यक्षहरुले जनाएका छन् ।

आज भएको एसईई परिक्षामा उत्तरगंगा माध्यमिक विद्यालय परिक्षा केन्द्रमा कुल २ सय ७२ विद्यार्र्थीहरु मध्य २ सय ६९ जनाले मात्र परिक्षामा सहभागिता जनाएका छन । जस्मा नियमित तर्फ छात्र १ सय ५८ र छात्रा १ सय ११ गरि २ सय ६० जना छन भने , एक्ज्यामटेड तर्फ छात्र ४, छात्रा २ गरि ६ जना प्ररीक्षार्थीले परीक्षामा सभागिता जनाएका छन ।

यस्तै आंशिक तर्फका जम्मा ३ जना विद्यार्थी रहेकोमा तीनै जनाले परिक्षामा सरीक नभएको उत्तरगंगा माध्यमिक विद्यालय केन्द्रका केन्द्राध्यक्ष धन बहादुर कुँवरले जानकारी दिए । उत्तरगंगा परीक्षा केन्द्रका जनजागृति मावि वौगादोभान, प्रभा मावि बोहोरागाउँ, जनता ईलिस बोर्डिङ, जनता मावि राजकुत, न्यूमोर्डन एकेडेमी र रिभरहेड ईन्टरनेशनल एकेडेमीका विद्यार्थीले परिक्षा दिएका छन् ।

यस्तै रिभरहेड ईन्टरनेशनेलन एकेडेमी परिक्षा केन्द्रामा कुल २ सय १६ जना प्ररीक्षार्थी मध्ये २ सय ११ जना विद्यार्थीले परिक्षामा भाग लिएका छन । जस अनुसार नियमित तर्फ छात्र ८२, र छात्रा १ सय ९ गरि जम्मा १ सय ९१ जना छन् । यता एक्जाम्टेड तर्फ कुल १० जना विद्यार्थी मध्य छात्र २, छात्रा ६ जना गरि ८ जनाले मात्र भाग लिएका छन भने बाकी २ जनाले भाग लिएका छैनन् । आंशिक तर्फ कुल १५ जना विद्यार्थी मध्य छात्रा ९, र छात्र ३ गरि १२ जना विद्यार्थीले मात्र परिक्षामा भाग लिए भने ३ जना विद्यार्थीले परिक्षामा भाग नलिएको एकेडेमीका केन्द्राध्यक्ष ईश्वरी अर्यालले जानकारी दिए । उक्त केन्द्रका देविस्थान मावि र उत्तरगंगा मावि बुर्तिबाङका विद्यार्थीले परिक्षा दिएका छन ।

उता जनता सेकेन्डरी इङलिस बोर्डिङ स्कुृल परिक्षा केन्द्रामा कुल २ सय २७ जना प्ररीक्षार्थी मध्ये १ सय १८ जना परीक्षामा सहभागी भएका छन् । वाँकी ९ जना मध्ये छात्र ५ र छात्रा ४ जनापरिक्षार्थी परिक्षामा सहभागीता नजनाएको केन्द्राध्यक्ष रामलाल सुबेदीले जानकारी दिनु भएको छ । यस केन्द्रमा भुजी मावि र शिवालय मावि अधिकारीचौर, तथा ज्ञानोदय मावि बोबाङका विद्यार्थीले परिक्षा दिएका छन् ।

यस्तै निसीखोला गाउँ पालिकाको प्रभा मावि बोहरागाउँ परिक्षा केन्द्रबाट नियमिततर्फ १ सय १६ जना विद्यार्थीमा छात्र ६३ जना र छात्रा ५३ जना मध्ये १ जना छात्र परिक्षामा समावेश नभएको केन्द्रले जनाएको छ । यस्तै एक्जाम्टेड तर्फका ४ जना र ग्रेड वृधि तर्फ १८ जनामा ४ जना विद्यार्थी परिक्षामा समावेश नभएको केन्द्राध्यक्ष नवराज आचार्यले बताए ।

उता बडिगाड गाउँपालिका अन्तरगतको भिङगिठे मावि परीक्षा केन्द्रमा समेत आजको परीक्षा मर्यादित रुपले सम्पन्न भएको छ । उतm परीक्षा केन्द्रमा किटेनी मावि रनसिँह किटेनी, भृकुटि मावि रनसिँहकिटेनी , बुद्ध मावि भिमगिठे, भिमगिठे आर्दश एकेडेमि भिमगिठे, दर्लीङ मावि दर्लिङ र सिद्ध मावि दर्लीङ गरी ६ बिद्यालयका गरि छात्र ७५ जना र छात्रा ७५ गरी कुल १ सय ५० जना परीक्षार्थि मध्ये १४५ जनाले परीक्षा दिएका छन् । जसमा पाँच जना अनुपस्थित रहेको परिक्षा केन्दका केन्द्राध्यक्ष सागर खरेलले बताए ।

यस्तै जन जागृति माध्यमिक विद्यालय बोंगादोभान परिक्षा केन्द्रमा कुल १ सय ६० विद्यार्थी हरु मध्य १ सय ५९ जना मात्र परिक्षार्थीले परिक्षामा सहभागिता जनाएका छन । जस अनुसार नियमित तर्फ छात्र ७८, छात्रा ७३ जना रहेका छन । यस्तै एक्जामटेड तर्फ ३ जना छात्रा परिक्षार्थीले परिक्षामा सहभागिता जनाएका छन । त्यस्तै आंशिक तर्फ ५ जनाले सहभागिता जनाएका छन भने १ जना परिक्षामा सहभागि नभएको बताइएको छ । उक्त केन्द्रमा शान्ती मावि खुंखानी, धनगौज्योती मावि तमान, छोरेगाँउ मावि छोरेगाँउ र प्रकाश मावि हुन्द्रफेदीका विद्यार्थी सहभागी रहेका छन ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा एस इ इ मा बागलुङ जिल्लाबाट नियमित तर्फ ५ हजार ४ सय ९७ जना, ग्रेड वृद्धि तर्फ ५ सय २४ र एक्जाम्टेड तर्फ १ सय ८ जना गरि कुल ६ हजार १ सय २९ जना परिक्षार्थी परिक्षामा सहभागी भएको जिल्ला शिक्षा कार्यालयका जिल्ला शिक्षा अधिकारी विष्णु प्रसाद मिश्रले जानाकारी दिए ।

उता परीक्षालाई मर्यादित बनाउन जिल्ला भरका ३१ परिक्षा केन्द्रलाई ८ कलटरमा विभाजन गरि अनुगमन टोली समेत परिचालन गरिएकोे छ । आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ । यसवर्ष परीक्षामा २ लाख ५९ हजार ७ सय ३२ छात्र र २ लाख ७८ हजार ४ सय ५० छात्रा गरी ५ लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी छन् । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार परीक्षाका लागि देशभर एकहजार ९ सय २३ परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक र कार्यालय सहायक गरी ६७ हजार ५ सय ९१ कर्मचारी खटाइएको छ ।

यसैवीच सहकर्मी कोपिला कँडेलका अनुसार जिल्ला शिक्षा कार्यालय बागलुङले बिहीबारदेखि शुरु भएको माध्यमिक शिक्षा परीक्षा केन्द्रहरुमा सेनेटरी प्याडको व्यवस्था गरिएको छ । छात्रा परीक्षार्थीलाई परीक्षाको समयमा हुने सक्ने महिनावारीको समस्यालाई ध्यानमा राख्दै महिला तथा बालबालिका कार्यालय बाग्लुङको सहयोगमा परीक्षा केन्द्रमा सेनेटरी प्याड वितरण गरिएको जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद मिश्रले बताए । ‘माध्यमिक शिक्षा परीक्षामा सहभागी हुने छात्राहरु सबै किशोरावस्थाका हुन्छन्,’ जिशिअ मिश्रले भने,‘प्राकृतिक रुपमा हुने मासिकश्राव परीक्षाकै समयमा हुन पुग्यो भने परीक्षार्थीले बिचैमा परीक्षा छोडेर हिँड्न नपरोस् भनि प्याड वितरण गरेका हौं ।’

यसले छात्रालाई पूरै समय परीक्षामा ध्यान केन्द्रीत गर्न मद्दत पुग्ने बताए । ‘महिनावारीको समयमा बग्ने रगत कतै बसेको ठाउँमा लाग्छ कि भन्ने डरले छात्राहरुले परीक्षामा ध्यान केन्द्रीत गर्न पाउँदैन,’ मिश्रले भने,‘यस्तोमा सेनेटरी प्याडले निकै ठूलो सहयोग गर्नेछ ।’ कार्यालय जिल्लाका ३१ वटा परीक्षा केन्द्रमा प्रतिकेन्द्र ३२ वटाका दरले सेनेटरी प्याड पठाएको छ । महिला तथा बालबालिका कार्यालयकी प्रमुख सरस्वतीदेवी रेग्मीले विगतकै कार्यक्रमको निरन्तरता स्वरुप प्याड सहयोग गरेको बताईन् । ‘हामीले विगत वर्षमा पनि छात्रा विद्यार्थीहरुलाई ध्यानमा राखेर एसएलसीमा परीक्षाको समयमा सेनेटरी प्याड सहयोग गर्दै आएका थियौं,’ उनले भनिन्,‘विगतमा यो कार्यक्रम निकै प्रभावकारी देखिएकोले यो वर्ष पनि सहयोग गर्न शिक्षा कार्यालयले आग्रह गरेको थियो ।

परीक्षा सामग्रीसंगै प्याड पनि परीक्षा केन्द्रमा पठाएका छौं ।’ महिला अधिकारकर्मी शकुन्तला शर्माले प्राकृतिक रुपमा हुने महिनावारीको समयमा परीक्षामा सहभागी हुने छात्रालाई यसले ठूलो राहत दिने बताईन् । छात्रा परीक्षार्थीहरुका लागि यो सहयोगले निकै सघाउ पु¥याउनेछ,’ उनले भनिन्,‘यो राम्रो कुरा हो ।’

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.