हठ योग र राजयोगलाई संगै लैजान सके जीवन सार्थक बन्छ : ब्रकु यमुना

दमौली, २०७५ माघ ३ । राष्ट्रिय योग दिवसको अवसरमा ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र शाखा दमौलीको अयोजनमा योग गरौ तन र मन लाई स्वस्थ राखौ भन्दै मंगलबार विहान ओम् शान्ति भवन दमौलीमा योग दिवस मनाईयो ।

सो अवसरमा योगको विषयमा प्रवचन दिँदै शाखाकी संचालिका ब्रह्माकुमारी यमुनाले विविध प्रकारका प्रदुषणहरु समाजमा बढदै गईरहेको अवस्थामा योगले हाम्रो तन र मनलाई निर्मल गराई मनको अन्धकारलाई हटाउन सहयोग गर्ने भएको हुदा दैनिक जीवनमा हठ योग र राजयोगलाई संगै लैजना सके जीवन सार्थक बन्ने बताईन् ।

१ घण्टा मौन रही शान्ति र सदभावका तरङ्गहरु विश्व बह्माण्डमा सामुहिक रुपमा फैलाईयो । ५८ जना शखाका सदस्य ब्रह्माकुमार कुमारीहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *