तमानखोलामा एक युवकको रहस्यमय मृत्युले गाउँ शोकमग्न !

बसन्त घर्ति मगर, तमानखोला, २०७५ माघ ३ । गत पुस महिनाको मसान्तममा तमानखोला गाउपालिका-३ का ३० वर्षिय युवकको हत्या भएको आशंकामा सोहि गाउँका एक दर्जन युवाहरुलाई अनुसन्धानको सिलसलामा नियन्त्रणमा लिएर बुर्तिवाङ ईलाका प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय बागलुङ पठाएको छ । निजहरुलाई बुर्तिवाङ प्रहरीले माघ १ गते बागलुङ पठाएको हो ।

मतक तमानखोला ३ तमानगाउँमा स्थायी घरभै तमानकै केहि माथी रहेको हिले गाउँमा समेत बसोबास गर्दै आएका ३० वर्षिय युवक सरोज बुढाथोकी सोहि गाउँको बीचबाट बग्ने सोलेखोलामा पाईन्ट मात्र शरीरमा रहेको र अरु शरीरको भाग नग्न अवस्थामा पुस ३० गते विहान स्थानीयले देखी प्रहरीलाई सूचना गरेको बताइएको छ । मृतकको खुट्टाहरु एकआर्कामा खप्टिएको पनि प्रत्यक्षदर्शीले बताएका छन् ।

पुस २९ गते राति पारी गाउँकी एक महिलाको मृत्यु भएको घरमा भेला भएका केहि युवाहरुले उनलाई हत्यागरी खोलामा फ्याँकिएको आशंका गरिएको छ । मृत्यु घरपुगेर हिले गाउँमा रहेको घरमा आएका मृतक फेरी मृत्यु घर पुगेको श्रोतको दाबी छ । यसैमौकामा बुढाथोकीको हत्या गरिएको स्थानीयको आशंका रहेको छ । हत्यारा लुकाउने चलखेल भैरहेको स्थानीयको आशंका रहेको छ । प्रहरीबाट गम्भीर अनुसन्धान होस भन्ने उनिहरुको माग छ ।

मृतक बुढाथोकीले पहिरिएका जाकेट र अन्य कपडा मृत्यु घरमा डढेको अवस्थामा फेलापर्नु र यसबारे मृत्यु घर र अन्य स्थानीयले कुनै जानकारी नदिएकाले घटना रहस्यमय बनेको हो । मृत्यु घरमै सुनियोजितरुपमा बुढाथोकीका हत्या गरी पुस २९ गते रातिनै सोले खोलामा शव फालेको हुनसक्ने गाउँघरमा चर्चा छ । मृतक बुढाथोकी बैदेशिक रोजगारीबाट एक वर्ष पहिलेमात्र घरमा आएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *