बानपा ६मा वडास्तरिय लैङगिक हिंसा नियन्त्रण सञ्जाल गठन !

कृष्णप्रसाद सापकोटा, बागलुङ २०७५ माघ ३ । बागलुङ नगरपालिका ६मा वडास्तरिय लैङगिक हिंसा नियन्त्रण सञ्जाल समिति गठन भएको छ । गाउघरमा हुने घरेलू तथा लैङगिक हिसांका समस्यालाई वडास्तरमानै समाधान गर्नको निमित्त पार्वती शर्मा सापकोटाको संयोजकत्वमा समिति गठन गरिएको जनाईएको छ ।

९ सदस्यिय समितीको सचिवमा कृष्णप्रसाद सापकोटा, कोषाध्यक्षमा कल्पना कार्की रहेका छन् । त्यस्तै सदस्यमा सावित्रि शर्मा, लक्ष्मीदव सापकोटा, मोहन के.सी, लालबहादुर थापा,राजु किसान,तथा राजु बानिया रहेका छन् ।

गाउघरमा हुने सामान्य समस्यालाई वडास्तरमा नै समाधान गर्दा उपयुक्त हुने भएकाले जिल्ला प्रहरी कार्यालय बागलुङको प्रत्येक वडामा लैङगिक हिंसा नियन्त्रण सञ्जाल समिति गठन गर्ने योजना अनुसार बानपा ६ मा समिति गठन गरिएको प्रहरी विट कुडुलेका कार्यलय प्रमुख प्रहरी सहायक निरिक्षक राजु बानियाले बताए ।

साथै समितिको सल्लाहकारको रुपमा वडा अध्यक्ष खिमराज सापकोटको संयोजकत्वमा ३ सदस्यीय समिति समेत गठन गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *