फलेवासका बुढी आमाहरुको जाँगर : धागोबाट ज्योती (बाती) बनाएर मनग्य आम्दानी !

माधब पराजुली, पर्वत २०७३ चैत ३ । फलेवासका बृद्ध महिलाहरु बुढेसकालमा पनि जाँगरिला छन् । उनिहरुले समय त्यत्तिकै खेर नफाली केही न केही गरेर आम्दानी गरिरहेका छन् । समूह नै गठन गरेर काम गर्ने र कमाएको पैसा वचत पनि गरिरहेका उनीहरुको बानीनै परेको छ ।

फलेवास नगरपालिकाकी नर्बदा सापकोटा उमेरले ८१ बर्ष पुगे पनि जोशजाँगर उस्तै छ । बुढ्यौलीले बाहिरको धेरै काम गर्न नसक्ने अवस्थामा भएपनि उमेर अनुसारको काम गर्न सक्ने बताउछिन् । उनले धागोको बत्ती काट्ने समयमात्र बिताएकी छैनन केहि । हिजो आजउहाँ ज्योती काट्न व्यस्त हुनुहुन्छ ।उहाँ जस्तै अरु २० जना पनि उमेरले पाको देखिए पनि कपास अर्थात धागोको बत्ति कात्नको लागि समुह नै गठन गरेर लागेका छन् । उनीहरु गाउँमै नवदुर्गा ज्योती आयआर्जन महिला समुह गठन गरि हरेक महिनाको ५ गते नियमित बैठक पनि बस्छन् । प्रत्येक सदस्यहरुले कम्तिमा ३ हजारदेखि २० हजारसम्म बत्ति र २५ रुपैयाँ नगद लिएर बैठकमा उपस्थित हुनुपर्ने नियम बनाएका छन् ।

उनीहरुले कातेको बत्ति एकलाखको ८ देखि १० हजार रुपैयाँसम्म बेच्ने गरेको समूहले बताएको छ । यसो गर्दा व्यक्तिगत रुपमा पनि एकजनाले १०÷१५ हजारसम्म कमाउने गरेको समुहकी अध्यक्ष ६५ वर्षिया छलिकुमारी सापकोटाले बताईन् ।

मोती सामुदायिक अध्ययन केन्द्रले शुरुशुरुमा धागो किन्न तथा अरु आवश्यक सहयोग गरेको थियो । सानो सहयोगले वृद्धा महिलाहरुको सक्रियताले अरु धेरैलाई पनि पे्ररणा मिल्ने खालको भएको केन्द्रका सदस्य।ईन्द्र सापकोटाको भनाइ छ । धागोको बत्ती धार्मिक पूजापाठ, व्रतबन्ध, सप्ताह, दीप प्रज्वलन जस्ता धार्मिक कार्यक्रममका लागि माग हुने गरेको छ । जिल्लाकै ज्योती खानीगाउँ, राम्जा, देविस्थानलगाएत गाबिसहरुमा बिक्री हुँदै आएको छ भने बिभिन्न धार्मीक स्थल तथा गाउँघर पनि माग हुने गरेको छ । पढेलेखेर जागिर खानैपर्ने अथवा पैसा कमाउनका लागि विदेश जानैपर्ने भन्दा पनि जाँगर गर्न सके आयआर्जन गर्न सकिन्छ भन्ने उदाहरण त यहाँका आमाहरु बनेकै छन् । उमेर बढ्दै गए पनि शरीरले सकुन्जेल काम गर्नुपर्छ भन्ने पे्ररणा मिलेको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *