हजुर बुबा/हजुरमुमाको स्मृतिमा बिश्रामस्थल निर्माण !

दिनेश शर्मा, बागलुङ भिङगिठे २०७५ माघ ३ । बडीगाड गाउपालिका ६ छिसमा आफ्ना हजुर बुबा तथा हजुर आमाको स्मृतिमा नाती धीरप्रताप सिँहले एक विश्रामस्थल निर्माण गरी त्यसालाई आमजनताका लागी समर्पण गरेका छन् ।

बुर्तिवाङ स्थित उत्तरगंगा माबिका पूर्व प्रधानाध्यापक धीरप्रताप सिँहले भारतीय सेनाका तत्कालीन क्याप्टेन हजुर बुबा स्व. मेहर सिँह खत्री र हुजुर मुमा स्व. हरिकला खत्रीको स्मृतिमा निर्माण गरेको सो विश्राम स्थलको माघे सक्रान्तिको पावन अवसरमा समर्पण गरेका हुन् ।

कार्यक्रम बडीगाड गाउपालिका ६ का वडाध्यक्ष्य मौसमकाजी केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.