हटिया कुटपिट काण्डको चौतर्फी निन्दा : दोषी प्रहरीमाथी तत्काल कार्बाही गर्न व्यापक जनदवाब !

घनश्याम गौतम, गल्कोट (हटिया) २०७५ माघ ३ । गल्कोट नगरपालिका- ३ हटियामा गत पुस २९ गते आईतबार राति ९ बजेको समयमा हटिया जीपपार्क नजिकै रहेको प्रहरी बिटमा रहेका दुई जना प्रहरी जावानले गल्कोट नगरपालिका- ६ हरिचौरका ४० बर्षिय सोमबहादुर बस्नेतलाई सामान्य बिबादमा मरणासन्न हुनेगरी कुटपिट गरेको घटना अहिले चर्चाको शिखरमा छ । बागलुङ जिल्लामै प्रहरी ज्यादतीको उदाहरण बनेको यो कुटपिट काण्डको चौतर्फी निन्दा गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक दीपक रेग्मीका अनुसार घटना घटेको दुई दिनपछि मात्रै आफुलाई जानकारी भएकाले तत्काल अनुसन्धान प्रक्रियामा जान नसकिएको भन्दै अब प्रहरी जवान बिष्ट र थापालाई थप अनुसन्धानका लागी अगाडि बढाउन निर्देशन दिएको बताएका छन् ।

एक सर्वसाधारण नागरिकलाई सामान्य विवादमा निर्घात कुटपिट गरी मरणासन्न अवस्थामा पुराईएको घटना जिल्लाका प्रहरी प्रमुख समक्ष दुई दिनपछी पछी मात्र जानकारी गराईनु रहस्यमय बनेको स्थानीयको भनाई रहेको छ ।

घटना अनुसार हटिया बजारमा मदिरा सेवन गरी हरिचौर घरतिर जाँदै गरैका पीडित सोमबहादुर बस्नेत, सोही ठाउँका बिकी गैरे र कृष्ण खत्री प्रहरी बिट नजिक आईपुग्दा प्रहरी बिटमा रहेका प्रहरी जवान प्रेम बिष्टले बिकी साला भनेर अपशव्द बोलेपछी साथमा रहेका बस्नेतले बिकीलाई किन गालीगर्ने भनेर अंग्रेजीमा केहि भनेकाले हामीसंग अंग्रेजी बोल्ने भन्दै प्रहरी विष्ट र थापाले बस्नेतलाई लात र लौराले निर्घात कुटपीट गरेको बिकी गैरेले बताएका छन् । नकुट भन्दै रोक्न लाग्दा आफुलाई पनि कुटपिट गरिएको गैरेले बताए । गैरेले अनुसा प्रहरीले निर्घात कुटपीट जारी राखे पछी आफुहरु भागेको बताए । रक्ताम्मे बनेर घरमा आएका श्रीमानलाई श्रीमती कृष्ण कुमारी बस्नेतले हटियाको आरोग्य अस्पतालमा उपचार गर्न लैजाँदा त्यहाँ उपचार संभव नभएपछी हिँजो सोमबार बिहान पोखरा फेवासिटी अस्पतालमा लगी आईसीयुमा राखी उपचार भैरहेको छ । अस्पताल श्रोतका अनुसार कुटपिटपछि शरीरमा रगत धेरै जमेकाले फिओ निकालेर बस्नेतको अपरेशन गरिएकोे छ । बस्नेतको पिसाब नली समेत फुटेको छ । अहिले बस्नेतको शरीरमा अपरेशन पछि ५२ ओटा टाँका लगाईएको उपचारमा संलग्न डाक्टर सुरेश पौडेलले जानकारी दिए ।

गल्कोटबासीले प्रहरीले सामान्य बिषयमा निर्घात कुटपिट गरेर ज्यादती गरेको भन्दै घटनामा संलग्न प्रहरीलाई तत्काल कारवाहीको दायरामा ल्याउन माग गरिहेका छन् ।खत्रीको अवस्था भने सामान्य छ । कुटपिटमा संलग्न प्रहरी जवान विष्ट र थापालाई इलाका प्रहरी कार्यालय हरिचौरमा अनुसन्धानका लागी लगिएको छ । घटनाबारे अनुसन्धान थालिएको प्रहरी निरीक्षक केशवसिंह थापाको भनाई छ ।

तर गल्कोटबासीहरुले भने नागरिक माथी मरणासन्नहुने गरी निर्घात कुटपिट गर्ने प्रहरी जवानप्रति कडाकार्बाही माग गर्दै तिलक उप्रेतिको अध्यक्षतामा थप कार्यक्रम सन्चालन गर्नका लागी समिति गठन गरेका छन् । गठित समितिले पहिलो चरणमा समितिका पदाधिकारी, पत्रकार, प्रहरी प्रशासन र दोषि प्रहरी बिच सयुक्त छलफल गर्ने, बिरामीको उपचारका लागी तत्काल क्षतिपुर्तिका माग गर्ने, दोषिलाई कानुन बमोजिम हिरासतमा राख्ने र समितिले दबाब मुलक कार्यक्रम गर्ने निर्णय गरेको छ ।

समितिको सचिवमा हेम बुढाथोकी, सदस्यहरुमा गकोट नगरपालिका भित्रका जनप्रतिनिधि, राजनैतिक दल, नागरिक समाज, उद्योग बाणिज्य संघ लगायत रहेका छन ।

यसैबीच गल्कोट समाज जापानले जापानमा एक विज्ञप्ती प्रकाशित गर्दै दोषी प्रहरीमाथ कानूनी कार्बाहीको माग गर्दै पीडितलाई क्षतीपुर्तिको माग गरेको छ । विज्ञप्तीको पूर्ण विवरण यसप्रकार छ-

)

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *