मालारानी युवा क्लवले आयोजना गरेको माघे सक्रान्ति मेलामा नगरप्रमुख नेपालीव्दारा १ लाख ५२ हजार रुपैया आर्थिक सहयोग

खेमराज अर्याल, बुर्तिबाङ २०७५ माघ २ । बडीगाड गाउँपालिका वडा नं. ९ मालारानीमा रहेको मालारानी युवा क्लवले आयोजना गरेको माघे सक्रान्ति मेलाको मंगलबार उद्घाटन गरिएको छ । मेलामा प्रतियोगितात्मक कार्यक्रमहरु गत पौष २६ गतेबाट सञ्चालन गरिएपनि कार्यक्रमको औपचारिक उद्घाटन भने मंगलबार गरिएको क्लवले जनाएको छ । मेलाको ढोरपाटन नगरपालिका प्रमूख देवकुमार नेपालीले उद्घाट्न गरेका हुन् ।

उद्घाटन पछि बोल्दै नगर प्रमूख नेपालीले मालारानी गाउँ आफैमा प्राकृतिक सौदर्यले भरिपूर्ण ठाउँ भएकोले त्यस क्षेत्रको पर्यटन विकासका लागि होमस्टे सञ्चालन गर्नुपर्ने बताए। आफ्नो ठाउँको विकासका लागी आफै सक्रिय हुन युवाहरुलाइ आग्रह गर्दै नगरप्रमूख नेपालीले ढोरपाटन नगरपालिका तथा आफ्नो व्यक्तिगत रुपमा त्यहाँ हुने सामाजिक कामका लागि आर्थिक तथा नैतिक दुबै तहबाट सहयोग गर्न आफू तयार रहेको बताए । मालारानीमा होमस्टे सञ्चालनका लागि आफुले केन्द्र सम्मै पहल गरिरहेको पनि नेपालीले बताए । त्यसैगरी उनले आफुले यस क्षेत्रको विकास र समृद्धिका लागि विभिन्न प्रयासहरु गरिरहेको र गरिव, विपन्न र पिछडिएका जनताको हितका निम्ती जस्तोसुकै मूल्य चुकाउन पनि पछि नपर्ने बताए ।

सो अवसरमा नगरप्रमूख नेपालीले मालारानी युवा क्लवलाई गत वर्ष आफैले स्थापना गरिदिएको अक्षयकोषमा थप १ लाख १ हजार रुपैया आर्थिक सहयोग गरेका छन् भने त्यहाँको स्थानिय आमा समूह लाई रु ५१ हजारको अक्षयकोष स्थापना गरिदिने उद्घोष समेत गरे । यस्तै नगर प्रमुख नेपालीले मालारानी प्राथमिक विद्यालयमा अघिल्लो वर्ष व्यक्तिगत रुपमै तलब भत्ताको व्यवस्था गरि वर्षका लागि राखिदिएका एक जना शिक्षकलाई थप एक वर्षका लागि तलब उपलब्ध गराउने पनि कार्यक्रममा बताए ।

उता प्रत्येक बाजा समुहलाई पाचँ÷पाचँ हजार, सामुहिक नृत्य प्रतियोगिताका समुहहरुलाई प्रति समुह नगद रु. २ हजार सहयोग नेपालीले गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.वि उप्रेतीको विशिष्ट आतिथ्यता रहेको थियो भने ईमेज बचत तथा ऋण सहकारी संस्था पोखराका प्रवन्धक दिपक पौडेल, वडीगाड गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष कृष्ण बहादुर खत्री, नेपाली कांग्रेसका महिला नेतृ गण्डकी थापा अधिकारी, नेपाली कांग्रेस वडीगाड गाउँपालिका वडा नं. ९ का पार्टी प्रतिनिधि भरत के.सी, भिमगिठे आदर्श एकेडेमीका प्रिन्सिपल कलम चालिसे, सयपत्री आमा समुहकी अध्यक्ष जुनु मल्ल लगायत स्थानिय समाजसेवी, बुद्धिजिवि, पत्रकारहरुको विशेष उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रम कै अवसरमा क्लवले चन्दादाता, सौजन्यकर्ताहरुलाई खादा अविर लगाएर सम्मान पत्र प्रदान गर्दै सम्मान समेत गरेको थियो ।

क्लवले माघें सक्रान्तिको अवसर पारेर वडा स्तरीय पुरुष भलिवल प्रतियोगिता, ३० वर्ष माथिको पुरुष भलिवल प्रतियोगिता, एकल तथा सामूहिक नृत्य प्रतियोगिता, पञ्चेबजा प्रतियोगिता लगाएतका कार्यक्रमको आयोजना गरेको थियो । जस अन्तर्गत १३ समूहको सहभागिता रहेको वडा स्तरीय पुरुष भलिवल प्रतियोगितामा निसिखोला गाउँपालिका वडा नम्बर १ प्रथम र निसिखोला गाउपालिका वडा नम्बर २ द्धितिय भएको छ । त्यस्तै ३० वर्ष माथिको भलिवल प्रतियोगितामा ढोरपाटन नगरपालिका १ प्रथम र बडिगाड गाउँपालिका २ द्धितिय भएका छन् । उता पञ्चेबाजा प्रतियोगितामा मालारानी बाजा समुह आयोजक प्रथम र पुर्कोट बाजा समुह ढोरपाटन नगरपालिका वडा नम्बर–२ द्धितिय भएको छ भने मुसिकोट बाजा समुह गुल्मी तेस्रो भएको छ । त्यसैगरी गु्रप डान्स प्रतियोगितामा न्यु डिभाइस युवा क्लब प्रथम भएको क्लवले जनाएको छ ।

कार्यक्रममा चर्चित कलाकारहरु लोक दोहोरी गायिका चाहाना श्री र गायक राजेश वर्देवाको विशेष सांगीतिक प्रस्तुती रहेको थियो ।
क्लबका अध्यक्ष युबराज मल्लको अध्यक्षता रहेको उद्घाटन कार्यक्रमको सञ्चालन कृष्ण भटट्राईले गरेका थिए । क्लवका अध्यक्ष युवराज मल्लका अनुसार आज पुरस्कार बितरण कार्यक्रम रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *