निसीखोला गाउपालिका -६ स्थित निसी स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु !

कुमवीर बिश्वकर्मा, निसीखोला ,२०७५ पुस ३० । बागलुङ जिल्लाको पश्चिमी दुर्गम क्षेत्र निसीखोला गाउँपालिका वडा नम्बर(६ मा रहेको निसी स्वास्थ्य चौकीमा फेयर मेन्ट हेल्थ फर द फरेस्टको सहयोग बिवाइसी बागलुङ, निसीखोला गाउपालिकाको सहजीकरणमा ल्याव सेवा सन्चालनमा ल्यार्इएको हो।

सोमबार निसी स्वास्थ चौकीमा औपचारिक कार्यक्रमको आयोजना गरेर ल्याव हस्तान्तरण गरिएको छ। कार्यक्रममा स्वस्थ्य चौकी उपभोक्ता समितिका अध्यक्ष नैनसिंह घर्ती मगरको अध्यक्षता र निसीखोला गाउँपालिकाको अध्यक्ष तारानाथ पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सुरु भएको थियो। कार्यक्रममा स्वास्थ चौकीकी जुनी घर्ती मगरको स्वागत मन्तव्य र स्वास्थ चौकीकै सिनियर अहेव भुमिराज घर्ती मगरको सन्चालन रहेको थियो। कार्यक्रममा परियोजना फेयर मेन्टका बरिष्ठ अधिकृत गणेश बराल ,बिवाईसीका अध्यक्ष मनिभद्र शर्मा, निसीखोला स्वास्थ्य शाखा सयोजक टोप बहादुर चन्द, निसीखोला गाउँपालिका वडा नम्बर ६,का वडा अध्यक्ष सूर्य बहादुर घर्ती मगर, निसीखोला गाउँपालिका प्रमुख पौडेलको शुभकामना मन्तव्य रहेको थियो ।

ल्याव उद्घाटन कार्यक्रममा प्रमुख अतिथी अध्यक्ष तारानाथ पौडेलले बोल्दै ल्याव सन्चालनको लागि गाउँपालिकाबाट कर्मचारी नियुक्ति गर्न स्वास्थ्य चौकीलाइ सहयोग गर्ने र आगामी बजेटमा स्वास्थ चौकी सुधारमा सहयोग गर्ने बताएका थिए ।

फेयरमेन्टले स्वास्थ चौकीलाइ रु ३ लाख बराबरको ल्याबमा आबश्यक पर्ने सम्पुर्ण सामाग्रीहरु निसी स्वास्थ्य चौकीलाइ सहयोग गरेको छ। उक्त ल्याबबाट चिकित्सकहरुले स्थानीय बासिन्दाहरुको रगत ,खकार, दिसा पिसाब परिक्षण गरेर रोग पत्ता लगाइ उपचार गर्ने छन। ल्याबमा आगामी दिनमा आबस्यक पर्ने रसायन र लेन्सहरु थप गर्नको लागि ल्याब परीक्षण गर्नेहरुबाट न्युनतम शुल्कमा रोग परीक्षण गर्ने ग्रामीण स्वस्थ्य सुधार परियोजनाका समन्वयकर्ता तारा लामिछानेलेको भनाई थियो। स्थानीयहरुलाइ रगतको समुह छुट्टाउनको लागि बुर्तिवाङ, बागलुङ, पोखरा धाइरहेको बेला फेयरमेन्टले ल्याव स्वस्थ्य चौकीलाइ सहयोग गरे पछि स्थानीयहरु पैसा खर्च गरेर बागलुङ पोखरा ,पाल्पा धाउनुपर्ने बाध्यता हटेको र कम खर्चमा रोग परिक्षण , रगत समूह छुट्टाउन सजिलो हुने वडा अध्यक्ष सूर्य बहादुर घर्ती मगरले बताए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *