रामेछाप दोहा सम्पर्क समाज कतार र प्रदेश नं ३ समन्वय परिषदव्दारा गायक कटुवाल सम्मानित

उद्धव मगर, दोहा कतार २०७५ पुस ३० । २०१९/०१/१२ का दिन रामेछाप दोहा सम्पर्क समाज र प्रदेश नं ३ समन्वय परिषदद्धारा गायक प्रकाश कटुवाललाई दोहा नजमामा रहेको रोयल रेष्टुरेण्टमा एक कार्यक्रम आयोजना गरी संयुक्त सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

यस कार्यक्रम रामेछाप दोहा सम्पर्क समाजका कोषाध्यक्ष उद्धव मगरको अध्यक्षता र प्रदेश नं ३ समन्वय परिषदका अध्यक्ष समिर के.सीको अध्यक्षता र प्रमुख अतिथी गायक प्रकाश कटुवाल, विशेष अतिथी प्रदेश नं ३ समन्वयका सल्लाहाकार प्रकाश बोहोरा, नेपाल प्रवासी तामाङ्ग समाज कतारको अध्यक्ष तीर्थ थिङ्ग तामाङ्ग, प्रदेश नं ३ समन्वय परिषदका महासचिव कविन्द्र कंडेल, मकवानपुर मिलनकेन्द्रका अध्यक्ष रमेश तिवारी, शुक बहादुर तामाङ्ग, संस्थापक सल्लाहाकार (तामाङ्ग समाज कतार,) शंखलाल तामाङ्ग, रामहरी अधिकारी (नुवाकोट सेवा समाज सल्लाहाकार) नारायण भण्डारी प्रदेह नं ३ सल्लाहाकार, कार्यक्रम संचालन रामेछाप दोहा सम्पर्क समाजका सचिव ललितकुमार तामाङ्गले सञ्चालन गरेको कार्यक्रमलाई मुर्तरुप दिदै हलमा उपस्थित सम्पूर्ण महानुभावलाई शब्दद्धारा यसै सम्पर्क समाजका सकृय सदस्य नर बहादुर घिसिङ्गको स्वागत मन्तव्य पश्चात कार्यक्रम निरन्तर अगाडी बढ्ने क्रममा कलाकार प्रकाश कटुवाललाई दोसल्लाह ओडाई सम्मानपत्र हस्तान्तरण गरिएको थियो ।

संस्थाबाट प्रतिनिधित्व गरी आउनु हुने विशेष अतिथी, अतिथीहरु लगाएत सम्पूर्णले आ–आफ्ना भनाई राख्दै आगामी दिनहरुमा गायक प्रकाश कट्टुवालको उत्तरोत्तर प्रगतीको कामना गर्दै जिल्ला देश, परदेश सम्म आफ्नो कलाकारीताको उच्च शीखरमा आफ्ना नाम राख्न सफल रहोस भन्ने शुभकामना दिएका थिए ।

त्यस्तै प्रमुख अतिथी प्रकाश कटुवालले पनि आफ्ना भनाई राख्दै आगामी दिनहरुमा आफ्नो लोक गायन प्रति दृढ विश्वासका साथ निरन्तर अगाडी बढ्दै दर्शक श्रोताको मन जित्दै श्रोतालाई कहीले निराशा नबनाउने बाचा गर्दै यहाँ सम्म ल्याइृदिनु हुने प्रदेश नं ३ समन्वयन परिषदका सम्पूर्ण युनिटलाई हृदयदृेखिनै आभार प्रकट गरे । साथै आफु पनि रामेछाप जिल्लाबासी भएको र यहाँ पनि रामेछापबाट आएर श्रम गरी रहनृ भएका र कामका बावजुत पनि थोरै समय निकालेर भएपनि जिल्ला जुट्नु पर्छ भन्ने भावनाका साथ लाग्नु भएका अग्रज यस रामेछाप दोहा सम्पर्क समाज जिल्लाबासीहरुसंग भेटेर सम्मानपत्र पाउँदा आफु अत्यन्तै हर्षित र गर्भका लागेको बताए ।

अन्त्यमा यस कार्यक्रमका अध्यक्ष समीर केसीबाट कार्यक्रम अत्यन्तै सौह्राद्रपूर्ण वातावरणमा समापन भएको घोषणा गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *