प्रथम जैमिनी महोत्सवको आज चौंथो दिन, चर्चित गायिका प्रीती आलेले कुस्मीसेरा तताउने !

सन्ध्या आचार्य, कुस्मीसेरा (बागलुङ), २०७५ पुस ३० । जैमिनी नगरपालिका-२ दमेक दुर्लेवेसी सहारा खेलमैदानमा सञ्चालन भैरहेको प्रथम जैमिनी महोत्सव २०७५ को तेश्रो दिन आईतवार बिभिन्न कलाकारहरुको प्रस्तुती सहित बिबिध कार्यक्रम भएका छन् ।

बागलुङ क्षेत्र नम्बर २ का सासंद देवेन्द्र पौडेलव्दारा उद्घाटित हिँजोको कार्यक्रममा सांसद बलावती शर्मा, नेकपाका नेता लिल बहादुर थापा, प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेल, जिल्ला प्रहरी कार्यलय बागलुङका प्रमुख प्रहरी उपरीक्षक दिपक रेग्मी लगाएतका अतिथीहरुको सहभागिता रहेको थियो । हिँजो तेश्रो दिनको कार्यक्रममा गण्डकी प्रदेशस्तरिय लोक दोहोरी प्रतियोगिता, नियमित भलिवल प्रतियोगिता लगाएत अन्य प्रतियोगिताको साथमा बिभिन्न कलाकारहरुको प्रस्तुती रहेको थियो ।

आइतबारदेखी खुल्ला भजन प्रतियोगिता, दोहोरी गीत प्रतियोगिता लगाएतका प्रतिस्पर्धात्मक प्रतियोगिता सुरु भएको छ । आइतबार हास्य कलाकार पाँडे र जिग्रीको प्रहशनले ठुलै दर्शकको ध्यान केन्द्रित गरेको थियो । साथमा जैमिनी नगरपालिका ६ अर्जेवाका हास्य टेलिशृङ्खला भताभुङ्गका हास्य कलाकार सुनिल विसीको समेत हास्य प्रस्तुती रहेको थियो । कार्यक्रममा कलाकार यम क्षेत्री, भुमिका गिरी, शंखर विरही गुरुङ, जीवन दाहाल लगाएतको सांगितिक प्रस्तुती रहेको थियो ।

आइृतवार भएको भलिवल प्रतियोगितामा ५ टिमले सहभागीता जनाएका छन् । जैमिनी र सहारा क्लव विचको प्रतियोगितामा साहारा क्लवले जित्न सफल भएको छ । यता बिहानी र गैरामादी विचको खेलमा बिहानीले जित हात पारेको छ । कालापाताल र सर्कुवा विच भएको खेलमा कालापातलले जित्न सफल भएको छ । विनामारे र कुस्मीसेरा विच भएको खेलमा विनामारेले जित हात पारेको छ ।

यता अन्तिम टिम इन्फोम्याक्स र बागलुङ नगरपालिका ८ को टिममा वा.न.पा ८ ले जित हात पारेको संयोजक तथा साहारा क्लवका सदस्य मिलन थापाले जानकारी दिए । उता गण्डकी प्रदेश स्तरिय दोहोरी गित प्रतियोगितामा हिँजो ३ टिमले प्रस्तुती दिएका छन् । आज सोमबार सांगीतिक प्रस्तुतीका लागी चर्चित गायिका प्रीती आले लगाएतका कलाकारले प्रस्तुती दिनेछन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *