आदर्श सञ्चारको राहत तथा श्रद्धाञ्जली कार्यक्रम

बागलुङ, २०७५ पुस ३० । आदर्श सञ्चार सहकारी संस्था बागलुङले आफ्ना शेयर सदस्यको आफन्तको निधनमा श्रद्धाञ्जली सभाको आयोजना गरी राहत हस्तान्तरण गरेको छ ।

बागलुङ नगरपालिका वडा नम्बर २ निवासी संस्थाका संस्थापक अध्यक्ष मनकुमारी केसीको ममतामयी सासु आमा शेयर सदस्य राम बहादुर जि.सी र गौरी खत्रीका आमा, लिला खत्रीका सासु आमा, शेयर सदस्यहरु अस्मिता कार्की खत्री, अनिल कार्की, सन्ध्या जि.सी, आर्यन जि.सी., विपना केसी र सोनू केसीका अजुरआमा मन कुमारी जिसीको निधन प्रति दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेको छ ।

कार्यक्रममा दिवंगत आत्माको चिर शान्तीको कामना गर्दै परिवारलाई धैर्य धारण गर्ने शक्ति प्रदान होस् भनी सहकारीले श्रद्धाञ्जली अर्पण गरेको छ । हरेक दिन एक जना शेयर सदस्यबाट एक रुपैँया संकलन गरी बनाएको राहत कोषबाट संस्थाले विपत तथा दुःख पर्दा शेयर सदस्यका परिवारलाई सहयोग समेत गरेको छ । आफ्ना शेयर सदस्यको निधनमा १५ हजार र शेयर सदस्यका परिवारका सदस्यको निधन हुँदा ५ हजार राहत प्रदान गर्ने संस्थाको नीति अनुसार जि.सीका परिवारलाई राहत रकम प्रदान गरेको हो ।

श्रद्धाञ्जली सभामा संस्थाका उपाध्यक्ष अनन्त बहादुर खड्काले श्रद्धान्जली शभामा मन्तव्य राख्नु भएको थियो । कार्यक्रम आदर्श सञ्चार सहकारीका अध्यक्ष हुमा कुमारी जि.सी अन्जुको अध्यक्षता, संस्थाका सचिव ललिता खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *