बेल्जियममा पृथ्वी जयन्ती : राष्ट्र निर्माताको योगदान, व्यक्तित्व र दुरदर्शितामाथी प्रकाश !

लुभेन बेल्जियम, २०७५ पुस ३० । राष्ट्र निर्माता एवँ राष्ट्रिय एकताका सूत्रधार पृथ्वी नारायण शाहको २९७ औं जन्म जयन्ती प्रवासी नेपाली एकता समाज बेल्जियमको आयोजनामा यही जनवरी १३ मा श्रद्धाञ्जलि एवँ सम्मान समारोहका साथ मनाईयो ।

कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य सुरेन्द्र अमात्य, प्रनेएस बेल्जियमका बरिष्ठ सल्लाहकार रामचन्द्र पाठक, बागलुड. समाजका अध्यक्ष गँगा शर्मा, स्थानीय राजनैतिक पार्टी एसपीआ तथा गत स्थानीय निर्वाचनमा नेपाली उम्मेदवार सूर्य ढकाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमका उपाध्यक्ष परमानन्द सापकोटा, एनआरएन बेल्जियमका पूर्व महासचिव माधव सापकोटाले राष्ट्र निर्माताको योगदान, व्यक्तित्व र दुरदर्शितामाथी प्रकाश पारेका थिए ।

सहभागीहरु सवैले राष्ट्रनिर्माताको तस्वीरमा पुष्प अर्पण र दीप प्रज्यलन गरी प्रारम्भ गरिएको समारोहको सभापतित्व अध्यक्ष दीपेन्द्र केसी, स्वागत मन्तव्य सचिव अनिल थापा र सँचालन उपाध्यक्ष महेन्द्र पन्तले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *