पाण्डवखानीमा ट्याक्सी पुगे’छी… !

गुमानसिँह भण्डारी, गल्कोट २०७५ पुस २९ । ‘यस्तो भिरपाखामा मोटर आउला भन्ने सोँचेका थिएनौँ,’ गल्कोट नगरपालिका १० पाण्डवखानीका ८२ बर्षिय यम बहादुर काउचाले भने, ‘विकास देख्न पाइयो ।’

विकासबाट वञ्चित पाण्डवखानी सडकसँग जोडिएपछि गाउँभरी खुसी छाएको छ । पाण्डवखानीमा गल्कोट हटियादेखि केहि बर्ष पहिले मोटरबाटो पुगे पनि आवतजावतमा समस्या थियो । नगर गौरवको आयोजना अन्तर्गत बिनियोजित ५० लाख बजेटबाट अहिले हटियादेखि पाण्डवखानीसम्म ट्याक्सी चल्न सक्ने सडक बिस्तार भएको छ ।

‘गाउको सडक कहिले ब्यवस्थित होला भन्ने लाग्थ्यो, अहिले त पाण्डवखानी गाउँको मुहार फेरियो, विकासको मेरुदण्ड सडक आयो ।’ ८२ वर्षिय बयोबृद्ध काउचाले भने ।

सडकलाई उत्पादन र आर्थिक गतिविधिसँग जोड्नुपर्ने स्थानिय समाजसेवी मानसिह छन्त्यालको भनाई छ । नगरगौरवको आयोजना अन्तर्गत बिनियोजित ५० लाखमध्ये २० लाख बजेटले सडक चौडाई गर्ने र ३० लाखले नाली कटान सँगै सडक ब्यवस्थित गरिने वडा अध्यक्ष तिलक घर्तिले बताए । अहिले पाण्डवखानीको फेदिखर्क देखि सुनपानी सम्मको सडक सम्माउने काम सम्पन्न गर्दा ५।६ लाख खर्च भएको घर्तिको भनाई छ । सडकलाई नाली सहित ८ मिटर बनाउने, ८ सय मिटर पक्की नाली र बाँकीमा कच्ची नाली रहने गरि काम तिब्र पारिएको घर्तिको भनाई छ । पाण्डवखानीेको बिकासको मेरुदण्ड सडक भएका कारण आफनो कार्यकाल सम्म सके सम्म कालोपत्रे गर्ने नत्र ग्राबिलसम्म भएपनि सडकलाई स्तरोन्नती गर्ने योजना रहेको घर्तीले बताए ।

सडकले गर्दा पाण्डवखानीका करिब ५ सय २० घरपरिवार सँगै बडीगाड गाउपालिकाका खोलाखर्क, भँेडिखोर, फोर्सा, पुरानो गाउका स्थानिय समेत प्रत्यक्ष लाभान्वित बनेका अध्यक्ष घर्तीले बताए ।

सड्क नपुग्दा यस क्षेत्रका स्थानियलाई हिड्नुपर्ने बाध्यता थियो, गल्कोटको हटिया सम्म पुग्न ३ देखि ४ घण्टा हिड्नुपर्ने बाध्यता थियो । स्थानिय कुल बहादुर काउचा भने –‘सड्कले स्थानियमा खुसीयाली ल्याएको छ ।’ उनले सडकसँगै अन्य विकासका पूर्वाधार निर्माणमा गाउँले एकजुट हुनुपर्ने बताए । मोटरबाटोका लागी हामी केन्द्र र प्रदेश सरकार सँग पनि पहल गरेका छौ अध्यक्ष घर्तीले भने ।

नगरगौरवको आयोजना अगामि बैशाख सम्म सक्ने योजना छ । अहिले पाण्डवखानीबाट नियमित १०, १५ वटा जिप, ट्याक्टरहरु चल्ने गरेका छन । मोटरबाटोले पाण्डवखानीमा भएका पर्यटकिय क्षेत्रमा आवागमनमा सहजता आएको छ । सिद्धथान, घुम्टे लगायतका ठाउमा पुग्ने पर्यटकलाई मोटरबाटोले सहयोग गर्ने स्थानियको भनाई छ ।

सडक सञ्जाल ब्यवस्थित नहुदाँ पाण्डवखानी भित्रैका बासिन्दाहरु उच्च शिक्षाका लागि बागलुङ, पोखरा, काठमाण्डौ जस्ता सहरहरुमा जानुपर्ने बाध्यता थियो । सडक सञ्जालको बिस्तार भएका कारण हटिया सम्म आउनका लागी जम्मा २ घण्टा लाग्ने भएपछि सहजता भएको हो ।

गाउँमा उच्च शिक्षाका लागि कलेज नहुँनु र उचित सडक सञ्जाल नुहुँदा त्यहाँका धेरै बिद्यार्थी उच्च शिक्षा पाउँनबाट बञ्चित समेत बनेका थिए । आर्थिक अबस्था कम्जोर भएकाले पनि बजारमा भाडामा बसेर पढ्न सक्ने अबस्था हुँदैन् । त्यसपछि उनीहरुको रोजगारको गन्तब्य विदेश हुन्छ । मोटरबाटोले उनिहरुलाई सहजता प्रदान गर्ने अध्यक्ष घर्तीको भनाई छ ।

पाण्डवखानीबासी आफ्नै साबिकको गाबिसका प्राथमिक स्वास्थ्य चौकी पुग्न दुई÷तीन घण्टा हिड्नुपर्छ । सडक बिस्तार नहुँँदा बिरामीलाई मान्छेले बोकेर हटिया ल्याउनु पर्ने अवस्था थियो । अति संबेदनशी, छिट्टै अस्पताल पु¥याउनु पर्ने बिरामीको बाटोमै मृत्यु हुने अबस्था थियो । अहिले सडकले गर्दा बिरामीलाई समयमै अस्पताल ल्याउन सहज भएको छ । अब पाण्डवखानीमा आबश्यक परेको बेला सहजै एम्बुलेन्स पुग्न समेत सक्ने बाटो भएको छ । स्थानीय उत्पादन बजारमा ल्याउने देखी बजारबाट आबश्यक सामाग्री घरसम्म लैजान सहज भएको पत्रकार सुरेश छन्यालले बताए । स्थानीय उत्पादनलाई बजारीकरण गर्न सक्ने भएपछि पाण्डवखानी समृद्धि र बिकासको बाटोमा अगाडि बढ्ने कुरा निश्चित छ ।

तस्वीर-सुरेश छन्त्याल, पाण्डवखानी ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *