बागलुङमा फागुन मसान्तमा लक्ष्य भन्दा २३.३५ प्रतिशत बढी राजस्व संकलन !

खगेन्द्र विश्कर्मा/विक्रम सुनार, बागलुङ २०७३ चैत ३ । आन्तरिक राजस्व कार्यालय पोखरा करदाता सेवा कार्यालय बागलुङले यो वर्षको अक्ष्य भन्दा उच्च कर संकलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७३/७४ मा १४ करोड राजस्व तथा कर संकलन गर्ने उद्देश्य राखेकोमा फागुन मसान्त सम्ममा १० करोड ५ लाख २६ हजार ९ सय ५ कर संकलन भएको बागलुङका कर अधिकृत सूर्य प्रसाद चापागाईले बताए । कार्यालयले फागुन मसान्त सम्म ८ करोड १५ लाख कर संकलन गर्ने लक्ष राखेको थियो ।

चालु आर्थिक वर्षको जम्मा लक्षित राजस्व ९ करोड ९९लाख २१ हजार ७ सय ४५ रहेको थियो । आर्थिक बर्षको फागुन मसान्तमा नै १० करोड ५लाख ३६ हजार ९ सय ५ राजस्व संकलन भएको छ ।

कर अधिकृत चापागाईले भने अगाडीको आर्थिक बर्षको फागुन मसान्त सम्म ७ करोड ५० लाख ७० हजार ५ सय १९ संकलन भएको थियो यो बर्षको फागुन मसान्तमा २३.३५ प्रतिशतले कर तथा राजश्व संकलनमा रकमा बृद्धि भएको हो । उनले कर रकम संकलन तथा राजस्व वृद्धि गर्नमा हामीले अनुगमन तथा फोनबाट कर तिर्नकोलागी जानकारी गराएर करदर वृद्धि गर्न सफल भएको बताए।

अहिले सम्म करदाता कार्यलय बागलुङमा मुल्य अभिवृद्धिकर ५ सय ३७ जना अन्तशुल्क ५ सय ७३ जना आयकर दर्ता गर्ने ५ हजार २० र व्यक्तिगत पान २ हजार ५ यि २३ जनाको रहेको छ । आर्थिक बर्ष २०७२÷७३ को आयकर नतिर्ने १ हजार ७ सय ९३ रहेको र पहिलेको तुलनामा ११ सय घताउन सफल भएको छ । मुल्य अभिवृद्धि करमा ५ सय ३७ मध्य १सय २१ विवरण नबुझाउने छन् त्येसैगरि अन्तशुल्क ईजाजत नविकरान नगर्नेहरु ५ सय ६३ मध्यमा १ सय २५ रहेको छन् । राजस्व संकलनको ५० प्रतिशत संकलन हुने सिजन भएको र चैत्र र असार मसान्तमा ५० प्रतिशत राजस्व संकलन हुने करदाता कार्यालयले जानकारी दिएको छ । करदाता कार्यालय बागलुङले कार्यलयको नेतृत्वमा लेखा अद्यावधिक नगरेको ५ जना व्यावसायीलाई अनुगमन गरि १० हजारको दरले जरिवाना तिरार्ईएको कर कार्यालयल जानकारी दिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.