आजको तस्वीर : कर्मचारी समायोजन बिरुद्ध अस्पतालमा एकघण्टे बिरोध !

बागलुङ २०७५ पुस २९ । कर्मचारी समायोजन अध्यादेशको बिरोधमा धौलागिरी अन्चल अस्पतालमा कार्यरत डाक्टर एवं स्वास्थ्यकमीहरुको गत पुस २३ गतेदेखी सांकेतिक बिरोध कार्यक्रम जारी रहेको छ । बिदाको दिन बाहेक अन्य दिनहरुमा विहान १० बजे देखी ११ बजे सम्म एक घण्टावधि चिकित्सव एवं स्वास्थ्यकर्मीहरु ईमर्जेन्सी बाहेकका अन्य सेवा ठप्प पार्ने गरी अस्पताल व्दार अगाडी धर्नामा बस्ने गरेका छन् । आज विहान पनि चिकित्सकहरुले ‘विभेदकारी समायोजन बहिष्कार गरौँ !’ भन्ने नारा सहित एक घण्टा सेवा प्रवाह नगरी बिरोध जनाए ।

धौलागिरी अन्चल अस्पतालका सूचना अधिकारी तीर्थराज गौतमका अनुसार कर्मचारी समायोजन अध्यादेशमा स्वास्थ्य सेवाका कर्मचारीहरुको समायोजनका बारेमा स्पट उल्लेख नभएको बिरोधमा एक घण्टा बिरोध कार्यक्रम भैरहेको जानकारी दिए ।

अन्चल अस्पतालका डा शिव भण्डारीले केन्द्रिय निर्णय अनुसार सबै सरकारी अस्पतालमा एक घण्टा शान्तिपूर्ण बिरोध कार्यक्रम भैरहेको बताए । डा भण्डारीले केन्द्रस्तरमा कर्मचारी समायोजनका विषयमा सरोकारवाला निकायसंग बार्ता चलिरहेको छ, बार्ता के हुन्छ, सोहि अनुसार हाम्रो बिरोध कार्यक्रम चल्ने जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *