सहकारीबाट मात्र समृद्धि सम्भव–पौडेल

पर्वत २०७५ पुस २८ । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कूनका सञ्चालक चण्डिप्रसाद शर्मा पौडेलले वर्तमान परिस्थतीमा नेपालको समृद्धि सहकारीबाट मात्र सम्भव रहेको बताएका छन् ।

जलजला गाउँपालीका ७ मिलनचोक पर्वत स्थित श्री कृष्णगंगा बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको सहकारी शिक्षा तथा सदस्य स्वागत कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतीथी एवं प्रशिक्षक पौडेलले सो कुरा बताएका हुन ।

देशका सम्पूर्ण पाट्रीहरुले सरकार सञ्चालन गर्दा समृद्धिलाई भाषणमा मात्र सिमीत राख्दा जनताहरुमा निरासा छाएकाले अवको समृद्धि र विकासको आशा सहकारीको माध्यमवाट मात्र पुरा गर्न सकिने पौडेलले बताएका थिए । अवका सहकारी संस्थाहरु बचत र ऋणको कारोवार गरेर मात्र नपुग्ने बताउदै पौडेलले सहकारीमा आवद्ध भएपछि सदस्यहरुका सम्पूर्ण आवश्यकताहरु एउटै ढोकाबाट पुरा हुने बातावरण सिर्जना गर्नुपर्ने भनाई राखेका थिए ।

कार्यक्रममा ऋण उपसमिति संयोजक रुद्रलाल उपाध्याय, लेखा समिति सदस्य राजेन्द्र सापकोटा, सल्लाहाकार एवं निवर्तमान अध्यक्ष यज्ञनाथ लामिछाने, संस्थाका सल्लाहाकार जमुना आचार्य, निवर्तमान लेखा समिति संयोजक ईन्द्रवहादुर कार्की लगाएतले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाका सञ्चालक समिति उपसमिति, शेयर सदस्य र कर्मचारीहरु गरी करिब १८० जनाको उपस्थिती रहेको कार्यक्रममा प्रशिक्षक पौडेलले शेयर, सदस्य, बचत, ऋण र सञ्चालक समिति तथा उपसमिति विषयमा सहजिकरण गरेका थिए ।

कार्यक्रमकै अवसरमा नयाँ बनेको शेयर सदस्यहरुलाई टिका, खादा र शेयर प्रमाण पत्रबाट सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष रामकृष्ण आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत सञ्चालक गंगा आचार्य र सञ्चालन सचिव रामकृष्ण आचार्यले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *