निसीखोला गाउपालिकामा नेकपाको पार्टी संयन्त्र बैठक सम्पन्न !

झम सिर्पाली, निसीखोला बागलुङ २०७५ पुस २८ । निसीखोला गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टीको पार्टी संयन्त्र बैठक सम्पन्न भएको छ । बैठकमा प्रमुख अतिथीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी गण्डकी प्रदेश संयन्त्र सदस्य प्रेम घर्ती मगरले बोल्दै कम्युनिष्टको सरकार समृद्ध नेपाल सुखी नेपाली बनाउने उदेश्यका साथ अघि बढेको र यसमा पार्टी सफल हुने दाबी गरे । सरकारको विरुद्धमा रहेका विभिन्न शक्तिहरुले सरकारका विषयमा बिभिन्न भ्रामक समाचार फैलाएको र त्यसमा कुनै सत्यता नभएकाले त्यस्ता भ्रमलाई चिर्दै सरकारले गरेका राम्रा कामको सन्देश जनतासामु पुर्याउन आग्रह समेत गरे ।

त्यस्तै पार्टी बलियो बनाउनका लागि स्थानिय संयन्त्रहरु चुस्त दुरुस्त हुनुपर्ने भएकाले वडास्तर देखि नै पार्टी संयन्त्र व्यवस्थित रुपमा चलाउनुपर्ने उनको भनााई थियो ।

गाउँपालिकास्तर र प्रत्येक वडास्तरका पार्टी संयन्त्र सदस्यहरुहरुको सहभागिता रहेको उक्त बैठकमा प्रत्येक वडा संयन्त्र सदस्यहरुले वडाको पार्टी संगठनको अवस्था एवं पार्टी कृयाकलापको बारेमा रिपोर्टिङ गरेका थिए ।

बैठकमा उठेका प्रश्नहरुको बैठकका अध्यक्ष एवं निसीखोला पार्टी संयन्त्र सदस्य रुद्रप्रसाद पौडेलले सहजीकरण गरेका थिए ।

बैठकमा निसीखोला पार्टी संयन्त्र सदस्यहरु लालविर लोप्चन, भुमिराज घर्तिमगर संयन्त्र सद्स्य तथा वडा नं २ का वडाध्यक्ष कुबिर विश्वकर्मा लगायतले बोल्दै निसीखोलामा पार्टीले आफ्नो सम्पुर्ण जनवर्गीय संगठन तथा पार्टी संयन्त्रलाई व्यबस्थित पार्नुका साथसाथै निसीखोला गाउँपालिकाको विकासको क्रियाकलापका लागि प्रतिपक्षको हैसियतमा रचनात्मक भुमिका खेल्नुपर्ने साझा धारणा व्यक्त गरेका थिए ।
बैठक निसीखोला गाउँपालिका पार्टी संयन्त्र सदस्य रुद्रप्रसाद पौडेलको अध्यक्षता तथा वडा नं ४ पार्टी संयन्त्र सदस्य उमानन्द रेग्मीको संचालनमा सम्पन्न भएको थियो । साथै बैठकले वडा नं १ र २ को २०७५ माघ ५ गते खाडुमा, वडा नं ३ को माघ ९ गते बोहरागाउँमा, वडा नं ४ को माघ १० गते कानाबगरमा, वडा नं ५ को माघ ११ गते निसिमा, वडा नं ६ को माघ १२ गते भल्कोटमा र वडा नं ७ को माघ ७ गते राजकुतमा वडा संयन्त्रको बैठक बस्ने निर्णय समेत गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *