जनएकता बचत तथा ऋण सहकारी घुस्मेलीको २२ औ बार्षिक साधारण सभा सम्पन्न !

गुमानसिँह भण्डारी, गल्कोट २०७५ पुस २८ । जनएकता बचत तथा ऋण सहकारी संस्था लिमिटेड ताराखोला गाउपालिका वडा नम्बर ३ अर्खला घुस्मेलीको २२ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीका जेष्ठ सेयर सदस्य पवी कुमारी क्षेत्रीको प्रमुख आतिथ्यता रहेको सभामा बागलुङ नगरपालिकाका सहकारी संयोजक दुर्वलकाजि राजभण्डारी, महिला सेयर सदस्य कोपिला चालिसे, गलकोट बचत तथा ऋण सहकारीका सहसचिव सचिन शर्मा न्युरे, वडा नम्बर ३ का अध्यक्ष दिल बहादुर बस्नेत लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

सभाका संस्थाका कोषाध्यक्ष गणेश चोखालले ९ करोड बराबरको आम्दानी खर्च सार्वजनिक गरेका थिए । सभाका संस्थाका सचिव क्षेत्र बहादुर बस्नेतले प्रगति प्रतिबेदन, लेखा समिति सदस्य खडक बहादुर कार्कीले लेखा प्रतिबेदन, शिक्षा समितिका सदस्य डम्बर बहादुर थापाले शिक्षा प्रतिबेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रम सहकारीका अध्यक्ष सञ्जय कुमार श्रेष्ठको अध्यक्षता, सदस्य खडक बहादुर नाउसाको स्वागत मन्तब्य र सहसचिव पुर्ण बहादुर चोखालको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *