गल्कोट एफएमको प्रगती र उन्नतीकालागी यसलाई ‘मेरो’ भन्ने भावना जागृत गराउनु आवश्यक

गुमानसिँह भण्डारी, गल्कोट २०७५ पुस २८ । गलकोट सुचना तथा सञ्चार सहकारी संस्था लिमिटेडको नबौ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभामा बोल्दै संस्थाका जेष्ठ सेयर सदस्य बम बहादुर बस्नेतले सामुदायिक रेडियो गलकोट, गलकोटबासी जनताको गहना भएकाले यसलाई राम्रो बनाउनका लागी सबैले सहयोग गनुपर्ने बताए । उनले सुचना र सञ्चार अहिलेको लागी धेरै आवश्यक बस्तु भएकाले यसको प्रगति र उन्नतिका लागी मेरो भन्नुपर्ने भावना जागृत गराउनुपर्ने बताए ।

कार्यक्रममा नेकपाका गल्कोट संयन्त्र सदस्य तिलक उप्रेतीले सुचना र सञ्चार २१ औ शताब्दीको आवश्यकता भएकाले हामी सबै मिलेर यसलाई अगाडि बढाउनुपर्ने धारणा राखे भने नेपाली काग्रेस गल्कोट नगर सभापति नारायणध्वज मल्लले गल्कोटको समग्र बिकासका लागी सामुदायिक रेडियो गलकोटले खेलेको भुमिका प्रशंसनीय भएकाले आगामि दिनमा यसलाई नमुना सञ्चार गृहको रुपमा स्थापित गनुपर्ने भनाई राखे ।

संस्थाका सञ्चालक समिति सदस्य मञ्जु शर्मा चालिसेले सामुदायिक रेडियो गलकोट र गलकोट पत्र सात्ताहिक गलकोट बासी सबैको सामुदायीक सम्पती भएकाले यसको दिर्घकालीन ब्यवस्थापनमा सबैले एक भएर लाग्नुपर्ने बताईन् ।

कार्यक्रममा संस्थाका सचिव वीर बहादुर चोखालले संस्थाको प्रगति प्रतिबेदन, कोषाध्यक्ष हर्क बहादुर पाण्डेले आर्थिक प्रतिबेदन, गलकोट एफ एमका स्टेशन प्रमुख घनश्याम गौतमले रेडियो सदस्य कार्यबिधि २०७५ प्रस्तुत गरेका थिए ।
उक्त अवसरमा गलकोट सुचना तथा सञ्चार सहकारीले सञ्चालन गरेको रेडियो सदस्य अभियान अन्तर्गत ९ लाख २५ हजार ८ सय ३८ रुपिया रेडियोको स्तरोन्नतीका लागी सहयोग गर्ने गल्कोट नगरपालिका वडा नम्बर ६ घर भई हाल अमेरिकामा कार्यरत डाक्टर हेमराज रेग्मीलाई बिशिष्ट संरक्षक रेडियो सदस्य घोषणा गरिएको छ ।

कार्यक्रमका अवसरमा गलकोट सुचना तथा सञ्चार सहकारीका ३ सय ४९ जना सेयर सदस्यलाई सस्थापक रेडियो सदस्यता लोगो प्रदान गरिएको थियो ।

आजै ५० हजार १ रुपिया सहयोग गर्ने गल्कोट नगरपालिका वडा नम्बर ४ घर भई हाल काठमाडौमा कार्यरत लोकेन्द्र सुवेदीलाई सम्मानित रेडियो सदस्यको लोगो प्रदान गरिएको छ । त्यस्तै २५ हजार १ रुपिया सहयोग गर्ने बागलुङ नगरपालिका वडा नम्बर १३ घर भई हाल चौराह माद्यमिक बिद्यालय दुदिलाभाटीमा अध्यापनरत शिक्षक हेमराज रिजाललाई बिशिष्ट रेडियो सदस्यको लोगो प्रदान गरिएको थियो । त्यस्तै गल्कोट नगरपालिका वडा नम्बर ४ घर भई हाल काठमाडौमा रहेका लक्ष्मी सुवेदीले २५ हजार १ रुपिया सहयोग गरेकोमा बिशिष्ट रेडियो सदस्यको लोगो प्रदान गरिएको थियो ।

कार्यक्रममा १० हजार १ रुपिया सहयोग गर्ने गल्कोट नगरपालिका वडा नम्बर ३ निवासी श्यामसुन्दर श्रेष्ठ र गल्कोट नगरपालिका वडा नम्बर ८ निवासी सुशिला गौतमलाई आजीवन रेडियो सदस्यको लोगो प्रदान गरिएको थियो ।

५ हजार सहयोग गर्ने गल्कोट नगरपालिका वाड नम्बर ३ का वाड सदस्य बेल बहादुर बोहोरा र वडा नम्बर ५ निवासी शिक्षक टिकाराम कडेललाई समर्पित रेडियो सदस्यको लोगो प्रदान गरिएको थियो ।

अभियान आजदेखि सुरु गरि चैत्र मसान्त सम्म सञ्चालन गरिने सहकारीले जनाएको छ । कार्यक्रम संस्थाका अध्यक्ष गुमानसिह बुढाथोकीको अध्यक्षता, उपाध्यक्ष वीरेन्द्र श्रेष्ठको स्वागत मन्तब्य र सचिव वीर बहादुर चोखालको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *