युवा तथा खेलकुद समन्वय समिति हटियाको अध्यक्षमा गोर्ख भण्डारी चयन !

घनश्याम गौतम, गल्कोट २०७५ पुस २८ । गल्कोट नगरपालिका बडा नम्बर ३ हटियामा शुक्रवार सम्पन्न युवा भेलाले युवा तथा खेलकुद समन्वय समिति हटियाको अध्यक्षमा गोर्ख भण्डारीलाई चयन गरेको छ ।

समितिको उपाध्यक्षमा सुवास भण्डारी, बिक्रम परियार, सचिवमा भरत कार्की सह–सचिवमा रबिन बोहोरा, कोषाध्यक्षमा सदिप श्रेष्ठ रहेका छन् । समितिको सदस्यमा युबराज खत्री, अभिशेष श्रेष्ठ, पारस अधिकारी, पुरन बोहोरा, बिपन खत्री, ललित खत्री, प्रबिण भण्डारी, दिपक साहानी, हिरा थापा, सूर्य भण्डारी, ईश्बर भण्डारी, समुन्द्र परियार राजु अधिकारी, बाबुराम बोहोरा, कुल बहादुर बोहोरा, बसन्त भण्डारी, महेन्द्र खत्री, सागर खत्री, जीवन भण्डारी रहेका छन् ।

भेलाले नबगठित समितिको बिधान निर्माण गरेर संस्था दर्ता गर्ने निर्णय गरेको छ । नबगठित समितिले बडाका सम्पुर्ण युवालाई समेटेर युवा उत्प्रेरण तथा अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने बडा अध्यक्ष बिरजंग भण्डारीले जनाकारी दिए । भण्डारीले आर्थिक बर्ष २०७५÷०७६ मा युबा उत्प्रेरण तथा जागरणमुलक कार्य सञ्चालन गर्न बडा बाट ५ लाख बजेट बिनियोजन भएको जानकारी दिए । भेला बडा अध्यक्ष भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *