सिसाखानी माध्यमिक बिद्यालय, बडीगाड – ३ को ५९ औँ बार्षिकोत्सव सम्पन्न !

हेम बिश्वकर्मा, बडीगाड २०७५ पुस २८ । बडीगाड गाउँपालिका वडा नं ३ सिसाखानीीथत सिसाखानी माध्यमिक बिद्यालयको ५९ औँ बार्षिकोत्सब बिविध कार्यक्रम सहित सम्पन्न भएको छ ।

तीन दिवसीय कार्यक्रमको समापन गर्दै कार्यक्रमका प्रमुख अतिथी वडा नं ३ का अध्यक्ष तथा बडिीगाड गाउपालिका शिक्षा तथा सामाजिक संयोजक खडक पुनले बिद्यालय बिद्याको मन्दिर भएकोले सिसाखानीको समग्र बिकासमा शिक्षकहरुको महत्वपुर्ण भुमिका रहने भएकाले तत्परताका साथ शिक्षण पेशामा लाग्न आग्रह गरे ।

अध्यक्ष पुनले बडीगाडकै बिकट मानिएको सिसाखानीमा अब मोटरबाटोको सहज पहुँच पुगेको भन्दै सिसाखानी माध्यमिक बिद्यालयको बिकासका लागि आफुले केन्द्र र प्रदेश सरकारसँग माग गरिरहेको र आफ्नो तर्फबाट जस्तोसुकै सहयोग गर्न पनि पछि नहट्ने प्रष्ट पारेका थिए ।

कार्यक्रममा साबिक सिसाखानी गाबिसका पूर्व अध्यक्ष दिल बहादुर पुन , सिसाखानी स्वास्थ्य चौकीका इन्चार्ज भक्त बहादुर श्रीस , युवा समाजसेवी समीर पुन लगाएतले आफ्नो मन्तब्य राखेका थिए । सो अवसरमा बिद्यालयको भावी कार्यक्रम सहितको प्रगति प्रतिवेदन प्रधानाध्यापक होम बहादुर घर्तीले प्रस्तुत गरेका थिए ।

कार्यक्रम बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नर बहादुर पर्तेलको अध्यक्षता शिक्षक कमल भुजेलको स्वागत मन्तब्य तथा शिक्षक होम बहादुर पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *