राष्ट्र निर्माणमा पृथ्वी नारायण शाहले गरेको योगदान सदैब स्मरणीय : नगरप्रमुख पौडेल

कोपिला कंडेल, बागलुङ २०७५ पुस २७ । २ सय ९७ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस बागलुङमा पनि मनाईएको छ । पृथ्वी जयन्ती मुल समारोह समिति बागलुङले एक समारोहका बिच राष्ट्र निर्माता पृथ्वी नारायण शाहको जन्मजयन्ती मनाएको हो । दिवसका अवसरमा राष्ट्र निर्माता पृथ्वी नारायण शाहको तस्वीरमा माल्यापर्ण एबं अबिर र फुलमाला लगाएर श्रदाञ्जली समेत अर्पण गरियो ।

पृथ्वी जयन्ती मुल समारोह समिति बागलुङव्दारा आयोजित कार्यक्रममा बोल्दै बक्ताले राष्ट्र निर्माता पृथ्वी नारायण शाहले नेपाल एकीकरण राष्ट्रियताको पक्षमा खेलेको भुमिका सदैव स्मरण योग्य रहेको दाबी गरे । राष्ट्रियता र मुलुकको बिकासका लागि पृथ्वीनारायण सरहको शक्तिशाली नेतृत्व राष्ट्रले नपाएको चर्चा गर्दै बक्ताले स्थायी शान्ति सम्मृद्धि र मुलुकको बिकासका लागि सबै सरोकारवाला एक हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले राष्ट «निर्माणमा पृथ्वी नारायण शाहले गरेको योगदानको सदैब कदर गर्नुपर्ने बताए ।

सो अवसरमा बागलुङ उद्योग बाणिज्य सघंका अध्यक्ष युवराज राजभण्डारी नेकपा नेता कृष्ण पाठक राप्रपाका नेता टिकाराम साप्कोटा र नेपाल पत्रकार महासघं बागलुङ शाखाका अध्यक्ष दिल श्रीस लगायतले श्री ५ पृथ्वी नारायण शाहको योगदानको चर्चा गर्दै हार्दिक श्रद्धान्जलि अर्पण गरेका थिए ।

सो अवसरमा नागरिक समाजका संयोजक एबं अधिवक्ता काजि गाउले श्रेष्ठले राष्ट्र निर्माता पृथ्वी नारायण शाहले नेपाल एकिकरणमा पु्याएको योगदान र शाहको जीवनीबारे प्रकाश पारेका थिए ।

कार्यक्रम पृथ्वी जयन्ती मुल समारोह समिति बागलुङ्गका अध्यक्ष एबं राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठको अध्यक्षता, धौलागिरी बहुमुखी क्याम्पसका सह प्राध्यापक गोबिन्द गौतमको स्वागत मन्तब्य र सदस्य सचिव कृष्णराज शर्माको संचालनमा सम्पन्न भएको थियो ।

आजै विहान स्थानीय वीरेन्द्र ऐश्वर्य उद्यानमा जलपानको आयोजना गरिएको थियो भने धौलागिरी अन्चल अस्पतालका बिरामीहरुलाई फलफुल वितरण गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *