माघे सक्रान्तिमा ‘तरुल-सखरखण्ड-चाकु’ खुवाएर कविता सुनाउने तयारी !

पर्वत, २०७३ पुस २१ । माघे सक्रान्तिका दिन कुस्मा बजारको एक होटेलमा ‘तरुल-सखरखण्ड-चाकु’ खाँदै कविता श्रवण गर्न पाईने भएको छ । माघे सक्रान्तिको मुख्य खान्की ‘तरुल–सखरखण्ड-चाकु’ खुवाएर कविता श्रवण गराउने प्रगतिशीश लेखक संघ पर्वतले चाँजो-पाँजो मिलाएको हो ।

आयोजकका अनुसार लेखनको पनि मुल्य हुनु पर्छ भनेर पर्वत जिल्ला सदरमुकाम कुस्मा बजारमा पहिलो पटक टिकट काटेर कविता श्रवण गर्न सकिने व्यवस्था गरिएको हो । टिकट दरबारे केहि नजनाएपनि प्रलेसंघले यसबाट प्राप्त रकम व्यवस्थापन खर्च कटाएर बाँकी कविहरुलाई पारिश्रमिक दिईने बताएको छ ।

प्रलेसंघ पर्वतका अनुसार पर्वत जिल्लामा जन्मिएर कविताको माध्यमबाट जिल्लालाई चिनाउन सफल जिल्लाका पाँच जना कविहरुलाई कविता वाचन गर्ने अवसर दिईने छ भने प्रत्यक कविहरुले पाँच पाँच कविता सुनाउने छन् ।

छनौट गरिएका पाँच जना कविहरुमा गणेश कुमार जीसी, ओमप्रसाद घायल, भरत दिवस पौडेल, संंगीत श्रोता र आरके अदिप्त गिरी रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *