दक्षिण कोरियाको दैनिकी : सपना र यथार्थ

आफ्नै सुर र तालमा भाविश्यको खोजका क्रममा राजधानी कहि कुनामा हिडिरहेको थिएँ । साझको समय थियो । दिन भरीको गर्मीले साझपख तिर ठूलो पानी परेको थियो । म चिया पिउन भनी रेष्टुरेन्टमा गए । मान्छेहरूको निकै भीडभाड थियो । म हातमा चियाको कप,मनमा अनेक थरी कुराहरु उकुसमुकुस बनाइरहेको थिएँ ,त्यही पसलमा चिया खान आएका एक जना घर पोखरा बताउने गुरूङ दाई संग चिनजान भयो । उसले सोध्यो, बाबु तिम्रो घर कता हो ? मैले आफ्नो घर ठेगाना सबै बताए । यस्तै तवरले मैले पनि उसको बारेमा सोधे जवाफमा उसले भन्यो घर मेरो पोखरा हो । म ब्रिटिश आर्मी हु जागिर खाएको १३ वर्ष भयो भोली ७ बजे मेरो फ्लाईट छ । अनि कुरा अगाडी बढिरह्यो फेरी सोध्नु भयो तपाई के काम को लागी यहा आउनु भयो ? मैले भने मेरो पनि भोली साझ ७ बजे दक्षिण कोरियाको फ्लाईट छ त्यही कामले यहाँ आएको दाई । मैले मेरो सबै कुरा सुनाए पछि सबै भन्दा पहिले बधाई पाए र त्यतिखेर मलाई पनि महसुस भएको थियो साच्चिकै आफुले पनि आफ्नो लागी ठुलै प्रगति गरेछु ।

जीन्दगीमा पहिलो पटक भविश्य खोज्न परदेशको त्यो विरानो यात्रा तय गर्दा खिन्न भएको मन एकछिनलाई भएपनि हौसला मिल्यो । गफगाफ र चियाको चुस्कीको समयको अत्यमा अन्तिम अंगालो हाल्दै उसले भन्यो म भन्दा तिमी धेरै राम्रो ठाउ जादै छौ थोरै समयमा धेरै प्रगति गर्नु पर्छ । यस्तै भावनात्क कुरा , कताकता हौसला पनि मिल्यो, कताकता आफ्नो ठाउ,साथीभाई,आमाबाबाको साथ छोडेर जाने दुख पनि ।

राजधानीको त्यो ठाउमा यसरी अंगालो हालेर शुभेच्छा प्रकट गर्ने भाग्यमानिहरुले मात्र पाउछन । घरदेशलाई छोडेर परदेशमा पसिना बगाउन यात्राको पहिलो दिन मलाई रात भरी निन्द्रा लागेन, भोलिको यात्रा कस्तो हुने हो, बसाई कस्तो हुने हो ,यही कुराले पिरोली रहन्छ । भोलि बिहान हुन्छ । म सबेरै उठेर आफ्नो हातमुख धोएर ब्रस गरेर बसे अनि आफ्नो तयारी सामानहरू मिलाए झोला लगेजहरू प्याकिङ्ग गरे । समय बित्दै जान्छ खाना खाएर एताउता गर्दा मेरो यात्राको कदमको पहिलो पाईला अगाडी बढाउने समय आयो । दिउसोको समय अलि भिडभाड गाडीहरूको जाम हुने भएकोले निर्धारित समय भन्दा अलि छिट्टै निस्किए । म ट्याकसीमा त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलतर्फ लागे मनमा हरेक कुरा खेलाउदै के के हो के के ।।अनेक अनेक ।।।। मलाई एयरपोर्ट सम्म छोडन मेरा मनमिल्ने हितौसीहरु आएका थिए ,साथीहरुको यो साथ सम्झिदा मन भारी भएको थियो अझ भनौ भने उनिहरुले म प्रति प्रकट गरेको शुभेच्छाका शब्दहरुले भावविहिल हुदै गए । बाटो भरी खचाखच गाडीहरूको जामलाई छिचोल्दै त्रिभुवन अन्ट्रराष्ट्रिय विमान स्थलमा पुगियो ।

ट्याकसीबाट ओर्लिने बितिक्कै म जस्तै कोरियाको यात्राका लागी पाईला बढाउनेहरु साथीहरू त्यहा पुगिसकेका थिए ।सबैको शिरमा रातो अबउ टोपी अनि सबैको एउटै कलरको ज्याकेट त्यसमा पनि कोरिया र नेपालको राष्ट्रिय झण्डा क्रस अंकित टोपी र ज्याकेट अनि गलाभरी खादा बिदाई स्वरूप दिएको चिनो उसको पनि उस्तै । भिड निकै बाक्लो थियो आफ्नो परिवार अनि आफन्तजनहरू लाग्थ्यो उसलाई कुनै आर्मीको क्याम्प सर्दैछ जस्तो, सबैको एउटै पहिरन ।एकैछिनमा सबैलाई गेतपास गराईयो , माहोल नै अर्कै कोही हात मिलाउदै अङ्गालो हाल्दै ,कोही आखा भरी आशु पार्दै रूदै, अनि कोही बिदाईका हात हलाउदै । पछि उक्त टिम सबै जनालाई एउटै हलमा बस्न लगायो ।अचानक पहिलो दिन भेट भएको पोखराका लाहुरे अङकल पनि त्यही भेट भयो, दोस्रो पटक उहाको भारी आशिर्वाद र विदाईको शब्हरुसंगै हाम्रो यात्रा च्याटिन्छ। बिडम्बना हामीविच सबै कुरा साटासाट भयो तर कुनै फेसबुक या फोन नम्वर भुलेर हो या कुनै कारण सेर भएन । सायद जिण्दगीको यात्रा नै यहि हो कतिपय अघोषित नातासम्बन्धहरु पनि धेरै प्रगाढ बन्दो रहेछ । सबै निकै बेस्त नै हुन्थे विशेष गरी फोन कलमा , पयचभबल ब्ष्च लेखेको ठुलो उबिलभ पार्किङ गरीएको हुन्छ । केही समय पछि ाथिष्नजत समय सुरू हुन्छ सबैलाई आ आफनै सितमा बस्न लगाइन्छ।

जिवनको यथार्थ भोगाईको त्यो पलमा मन थिलथिल भयो जब हवाईजहाजले नेपालको जमिन छोड्यो मलाई कोरिया पुराउृनको लागी । एकातिर खुसी अर्को तिर मनै खिन्न हुने रातीको समय करीब ड बजे तिर काठमाडौ माथी उठ्दा झिलीमिली रातको समय नेपाल छोडेर जादैछु प्यारो नेपाल अब कहिले फर्किने होला यही कुरा ले मन मनै नमिठो आभास दिलाउदै थियो। आकाश माथी अनि रातको समय कता कता झिलीमीली शहरको दृश्यहरू देखिन्थे। साथीहरू कोही मस्त निन्द्रामा थिए कोही आआफ्नै धुनमा करीब सादे छ घन्टाको हवाई यात्रा पछि दक्षिण कोरियाको इनछन एयरपोर्टमा ल्याण्ड गरायो । सबै जना त्यहा बाट तालिम केन्ढ्र पुराइयो। दुई रात तिन दिनको तालिम लिएपछि त्यहाबाट सबैलाइ आआफ्नै वयद अभलतच को जिम्मा लगाइयो म अचम्म परे कोरियाको बिकास हरू हेर्दा दङग पर्दै मनमनै सोचिरहे मेरो प्यारो नेपाल कहिले यस्तो होला मनमनै तुलना गर्ने बाहेक अरू केही बिकल्प भेटेन ।अन्तिम दिन मलाई कम्पनिबाट लिन आए कालो अनि चिल्लो कार नेपाल मा मन्त्री हरू चड्ने कार भन्दानि भि आई पि ,म त्यही कार चडेर गए कम्पनी तिर मैले जब काम गर्ने कम्पनिमा पुगे तव सुरु भयो जिवन भोगाईको यथार्थ संघर्षको यात्रा । टन्टलापुर घाम थियो सहकर्मीहरू आआफनै काममा बेस्ट थिए । सबै संग हात जोड्दै कोरियन भाषा मा (안녕하세요) नमस्कार गर्दै परिचय गरियो । सबैको मुखवाट (이제 같이 고생합시다)अब संगै दुख गरौ । यहि संघर्षवाट सुरू भएको जीबन अहिले आएर बुज्दैछु भविश्य खोज्न त मन टुटाउनु पर्दो रहेछ ,आफन्तसंग टाढा हुदुपर्दो रहेछ , खुशि र सुखलाई त्याग्नुपर्दो रहेछ यस्तै यस्तै महसुस गरिरहेको छु ।

दु:ख बिना सुख हुदैन भन्ने पाठ पहिले पनि सिकेको थिए तर त्यो भन्दा बहुत कठोर चुनौतीहरूसंग लडीबुुडी गर्दैछु अचेल । वास्तबिक जीबनको गरिहराईमा भिज्न पाउने अवसर मिल्दैछ । आमाले पकाएर खाना खाएर साथीहरुसंग गफिदै, डुल्न आएको पलहरु,चार घण्टाको पैदल हिड्न पर्दाको थकानले जिवनमा कति धेरै दुख भयो भन्दै धिकारेको दिनहरु तर आजभोली दुख त यो पो रहेछ नी बल्ला हेक्का पाउदै छु । यो विरानो ठाँउमा जिन्दगीको डुंगालाई समयको रफतारमा खियाउदैछु दिनरात पसिना र आसुको पछ्यौरा ओढेर । भित्तामा चलिरहेको घडीको सुई र मोबाइलमा सेट गरिएको अलाराम घण्टीसंगै सहयात्रा गरिरहेको छु । बिहान ८ बजे देखी रातको ८ बजे सम्म आफ्नो काममा खुव इमान्दारी बालक जस्तै दत्तचित्त भएर खियाउदैछु जीवनलाई । घरदेशमा मनले निर्देश गरे अनुसार जीवनलाई चलाउन पाईन्छ तर परदेशमा त्यो समय कहाँ मिल्दो रहेछ र । अरूका लागी बोल्न समय पनि नपाउने । विहान जुरुक्क उठ्यो मेसिनको रफ्तारमा काम गर्यो राति कोठा आयो दिनभरीको थकान सुत्यो ,विहान फेरी त्यही रुटिन …। परदेशको यो भोगाईले बाबाआमाले मप्रति पुरा गरेको जिम्मेवारी सम्झिए ,साच्चीकै जिवन परिवार र परिवारको सपना काँधमा लिएर पुरा गर्ने एकदम गार्हो रहेछ । धेरै जिम्मेवारी थपिएको छ। सानो छदा बिदेश जादैन नेपालमै पढेर केही गर्छु भन्ने सोच थियो तर समयले भविष्यको सपना खोज्दा खोज्दै प्रदेशको ठाउमा हुत्याईदियो ,यहा आएपछि घरदेशमका आफन्तहरुले पैसाको रुख टिप्न आएको सोच्दा रहेछन ,दुख बुझनेहरू कमै छन ,प्रत्येक सेकेण्ड पसिना र खुसिहरुलाई साट्दै परदेशमा गरेको कठोर मेहनतको अनुभव र भक्तभोगी आफै ।

कसैले सोध्दैनन् कति दुख छ गुनासो गर्छन त केवल कमाउने ठाउमा भएरपनि यति सहयोग गरेनस भन्ने । मेरो यति उर्जनशील समय परदेशको विकासका लागी गरेको संघर्षमा पैसा भन्ने साधनसंग साट्दै छु तर पलपल जीउदो लास जस्तै बनेर गरेको दुख नदेख्नेहरूले लाख कमाएको मात्र देख्छन । नेपालमा कामदारको पारिवारीक पृष्ठभुमि,उसको शारीरीक तन्दरुस्टता,र आर्थिक अवस्था हेरेर आफ्नोपन र आत्मियता दर्शाउछौ आफ्नो देश आफुलाईनै प्यारो तर यहा काम राम्रो , छिटो गर्ने र भाषा अभिबच ट्यालेन्टहरूलाई (사랑 माया गरीन्छ)अनुहार हेरेर यहा व्यबहार चल्दैन ।

धेरै चोटअनि पिडा संघर्ष सबैबाट कति पनि अछुतो छैन म पनि यसैमा आफ्नो उज्यालो भविष्य प्रयास गरेको छु । निरञ्तर शंघर्षमा तल्लीन छु । यता एक्लै छैन मेरा सबै साथीहरू पनि मै जस्ता ,एकले अर्कालाई हेरेर चित्ता बुझ्छ । सबैको आआफ्नौ जिवनसंघर्षका कथाछ । चाडबाडको समय र वितेका पलहरुमा साथीभाईहरुसंग विताएका रमाईला पलहरु सम्झिदा असाध्यै दुख लाग्छ । परदेशमा आफनो समयलाई नौराश्यता बनाउनको लागी माध्यमहरु प्रशस्तै के ,जहिलेपनि रानीबनमा एक्लै रोएरहेको न्याउली जस्तै तर यहि दुख र संघर्षको भोगाईबाट खुसि खोज्न सिक्नुपर्दौ रहेछ ।

अन्तमा काठमान्डौमा भेट भएको लाहुरे अङकल मैले धेरै सम्झिएको छु समयले साथ दियो भने हाम्रो भेट फेरी होस तपाइले दिएको आशिर्बाद अनुसार नै म केहि आफुलाई , समाज अनि मेरो नेपाल परिवर्तन गर्ने हैसियमा तपाईको अगाडी उभिन पाउ ,बाकी मेरा बाबाआमा तपाईहरु त सधै मेरो शिरमाथी हुनुहुन्छ ।

सविन घर्तीमगर,रोल्पा जेल्बाङ
हाल- दक्षिण कोरिया

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *