प्रथम जैमिनी महोत्सव – २०७५ को नगरप्रमुख पौडेलव्दारा दीप प्रज्ज्वलन गरी शुभारम्भ !

सन्ध्या आचार्य, कुस्मीसेरा (बागलुङ) २०७५ पुस २७ । जैमिनी नगरपालिकाका नगरप्रमुख एवं प्रमुख अतिथी ईन्द्रराज पौडलेले प्रथम जैमिनी महोत्सव २०७५ को पानसमा दीप प्रज्ज्वलन गरी ३ बजेको समयमा शुभारम्भ गरेका छन् । महोत्सवको मुख्य समारोहको उद्घाटन कार्य भने माघ १ गते उपराष्ट्रपति नन्द बहादुर पुनले गर्ने कार्यक्रम छ ।

सहारा क्लबको आयोजना तथा जैमिनी नगरपालिकाको सहयोगमा शुभारम्भ भएको प्रथम जैमिनी महोत्सव २०७५ मा भजनकीर्तन, साँस्कृतिक झाँकी, नौमतीबाजा सहितको जुलुसले कुस्मीसेरा बजार परिक्रमा गरेको थियो ।

महोत्सवको शुभारम्भ समारोहको अध्यक्षता सहारा क्लबका अध्यक्ष सुरेश सुनारले गरेका थिए भने कार्यक्रममा स्वागत भाषण क्लबकी उपाध्यक्ष सिलसिला केसीले गरेकी थिईन् । कार्यक्रमको सन्चालन क्लबका सदस्य डिल्ली पौडेलले गरेका थिए ।

उद्घाटन समारोहमा नगरप्रमुख पौडेल लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधी, नगरपालिकाका उपप्रमुख लिला राना लगायत वडाध्यक्षहरु, विभिन्न संघसंस्थाका प्रतिनिधी, समाजसेली बुद्धिजीवीहरुले मन्तव्य व्यक्त गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *