गजल : तर यहाँ आफ्नै जिन्दगी बाधक बन्यो हजुर !

जिन्दगी आज संघर्षको साधक बन्यो हजुर
कहिले गजल त कहिले नाटक बन्यो हजुर !

तैरिन खोज्दै थिए अनमोल खुशीको सागरमा
तर यहाँ आफ्नै जिन्दगी बाधक बन्यो हजुर !

खुशीमा रमाउन अनि दु:खमा पनि रुन सकिन
आफ्नै मनका भावनाहरु घातक बन्यो हजुर !

रुदा रुदा आँसु पिउने बानी परिसकेछ अचेल
आफ्नै आखाको आँसुपनी बाधक बन्यो हजुर !

देवेन्द्र पुन ‘विवश’

तमानखोला- १, बागलुङ
२०७५ पुस २७ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *