बडीगाड-९ मालारानीमा आयोजित माघे सक्रान्ति मेलाको नगरप्रमुख नेपालीले उद्घाटन गर्ने !

बुर्तिवाङ २०७५ पुस २७ । बडीगाड गाउपालिका ९ मालारानीमा यस वर्षपनि माघे सक्रान्ति मेला २०७५ को आयोजना गरिएको छ । मालारानीमा लाग्ने माघे सक्रान्ति मेलालाई यस क्षेत्रमा विशेष महत्वका साथ लिईन्छ ।

मेलाको उद्घाटन प्रमुख अतिथी ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले गर्ने र कार्यक्रमको विशिष्ट अतिथीमा बडीगाड गाउपालिकाका अध्यक्ष मेहरसिँह पाईजा रहने मालारानीबाट मेलाका संयोजक ईन्द्र थापाले जानकारी दिएका छन् ।

माघे सक्रान्ति मेलामा भलिबल प्रतियोगिता, नौमती पन्चे बाजा प्रतियोगिता, नृत्य प्रतियोगिता एवं राष्ट्रिय र स्थानीय कलाकारहरुको प्रस्तुति रहने संयोजक थापाले ईबागलुङलाई बताए ।

मेलामा आयोजान गरिने विभिन्न प्रतियोगिताहरुमा नाम दर्ता गर्ने काम हिँजो पुस २६ गते देखिनै सुरु भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *