‘भूकम्प सुरक्षा दिवस – २०७५’ भव्यरुपमा मनाउन प्रजिअ खरेलको अध्यक्षतामा समिति गठन !

बागलुङ २०७५ पुस २७ । जिल्ला प्रशासन कार्यालय बागलुङमा प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष बेदप्रसाद खरेलको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले आगामी मघ २ गते २१ औँ भूकम्प सुरक्षा दिवस २०७५ विविध कार्यक्रमहरुको आयोजना गरी भव्य एवं सभ्यरुपमा मनाउने निर्णय गरेको छ ।

सो बैठकले प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष खरेलको अध्यक्षतामा सबै कार्यालय प्रमुखहरु सुरक्षा निकायका प्रमुखहरु, अध्यक्ष बागलुङ उद्योग वाणिज्य संघ, अध्यक्ष नेपाल रेडक्रस सोसाईटी, बागलुङ, अध्यक्ष नेपाल पत्रकार महासंघ, बागलुङ, अध्यक्ष गैसस महासंघ बागलुङ सदस्य तथा पुन निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाइका प्रमुख रामाशिष शाह सदस्य सचिव रहेको ५१ सदस्यीय मुल समारोह समिति गठन गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत धिरेन्द्र पन्तले जानकारी दिए ।

बैठकले २१ औँ भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रमहरु गरी मनाउन विभिन्न संस्थाहरुको संयोजकत्वमा विभिन्न उपसमितिहरु समेत चयन गरी जिम्मेवारी बाँडफाँड गरेको छ ।

यस्तो छ, जिम्मेवारी बाँडफाँड र निर्णय

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *