पृथ्वी जयन्तीमा नेपालगन्ज उपमहानगरपालिकामा सार्वजनिक बिदा !
बागलुङ सदरमुकाममा श्री ५ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस भव्यरुपमा मनाईने !

कुसुम थिङ, बागलुङ २०७५ पुस २६ । राष्ट्रनिर्माता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको २९७ औँ जयन्ती तथा राष्ट्रिय एकता दिवस स्थानीय राधाकृष्ण मन्दिरको सभाकक्षमा एक कार्यक्रमको आयोजना गरी भव्यरुपमा मनाईने भएको छ ।

श्री ५ पृथ्वी जयन्ती ताथा राष्ट्रिय एकता दिवस समारोह समिति बागलुङले दिएको जानकारी अनुसार भोलि पुस २७ गते विहान ८ बजे बानपा २ स्थित वीरेन्द्र ऐश्वर्य उद्यानमा जलपानको आयोजना गरिएको छ भने तत्पश्चात धौलागिरी अन्चल अस्पतालका बिरामीहरुलाई फलफुल वितरण गरिने कार्यक्रम रहेको समितिले जानकारी दिएको छ ।

यसैवीच नेपालगन्ज उपमहानगरपालिकाले सो उपमहानगरपालिकामा भोलि एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *