फलेवास नगरपालिकाको कार्यालय उद्घाटन सँग औपचारिक रुपमा काम सुरु !

माधब पराजुली, पर्वत २०७३ चैत ३ । स्थानीय तहको पुनर्संरचना भएबमोजिम पर्वतको फलेवास नगरपालिकाले बुधबार औपचारिक रुपमा उद्घाटन पछी काम सुरु गरेको छ । फलेवास नगरपालिका घोषणा तथा उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासीनीले संविधानले स्थानीय तह, प्रदेश र संघ गरी राज्यलाई तीन तहमा निर्धारण गरे अनुरुप यस क्षत्रका ११ गाबिस समेटी फलेवास नगरपालीका बनाईएको बताउदै नगरबासी भएकोमा बधाई ज्ञापन गरे ।

प्रजिअ मरासिनीले साइवोर्ड फेरेर गाउँपालिका र नगरपालिका मात्रै बनाइएको नभई आमूल परिवर्तन गरिएको यस क्षेत्र मात्र नभई मुलककै लागि असाधारण घटना भएको बताए ।

उनले ‘स्थानिय तहमा अब सबै अधिकारसहितको नयाँ संरचना सुरु भएको छ, आफुले पाएको अधिकारलाई अधिकतम प्रयोग गर्न नगरबासीलाई आग्रह गरे ।

त्यस्तै नगरबासीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै स्थानिय विकास अधिकारी बिष्णु प्रसाद भुषालले नागरिकहरुलाई सेवा दिनको निम्ति अनवरत खटिने प्रतिबद्धता व्यक्त गर्दै एक सेकेण्ड समय ढिला नगरि जनताको काम गर्न अवरत्र खट्न सम्पुर्ण कर्मचारीहरुलाई निर्देशन दिए ।

यस क्षत्रका कार्कीनेटा,थापाठाना,सङकरपोखरी,मुडिकुवा,खानिगाउँ,देविस्थान,भंगर,ठानामौला,लिमिठाना, कुर्घा १ देखि ६ र ९ वडा र पाङग्राङ गाबिस लाई समेटी फलेवास नगरपालिका बनाईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *