अध्ययन सस्कृति विकास लागि विष्णु आधारभूत बिद्यालयमा अनुशिक्षण कार्यक्रम !

तमानखोला, २०७५ पुस २६ । बागलुङ जिल्लाको सबै भन्दा दुगर्ममा रहेको नर्जाखानी गाउँको विष्णु आधारभूत विद्यालयमा एक दिने सकारात्मक सोच, उत्प्रेरणा र पठन संस्कृति विकास गराउने उद्देश्यले अभिभावक, शिक्षक र विद्यार्थीहरुको लागि अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

विद्यार्थीहरुमा घट्दो पठन पाठन संस्कृतिलाई बढाउनको लागि र व्यक्तित्व विकास गर्नलाई जागरण वढाउनको लागि विष्णु आधारभुत विद्यालय नर्जाखानीमा सो कार्यक्रम सम्पन्न भएको हो ।

सो विद्यालयको कक्षा ६,७ र ८ का ८० जना विद्यार्थीहरुको लागि अनुशिक्षण तथा सहजीकरण भएको थियो ।

विद्यार्थीहरुमा सकारात्मक सोच विकास गर्ने,पठन संस्कृतीको विकास गर्न उत्प्रेरणा गराउने उद्देश्यले एक दिने प्रशिक्षण कार्यक्रमको सहजीकरण तमानखोला गाउँपालिकाका लेखापाल याम बहादुर थापाले सम्पन्न गरेका थिए ।

अनुशिक्षणमा तमानखोला ६ का वडाध्यक्ष कुल बहादुर छन्त्याल, तमानखोला गाउँपालिकाका नायव सुब्बा युवराज गुरुङ, वडा सचिव रेशम बुढा मगर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरन छन्त्याल, प्रध्यानाध्यापक ओम बहादुर छन्त्याल, शिक्षिका प्रतिभा छन्त्याल, जोख बहादुर वि.क लगायतको उपस्थिति रहेको थियो ।

यस भन्दा अगाडी हिल साइड बोर्डिङ स्कुल तमान, शान्ति माध्यमिक विद्यालय खुंखानी, जनजागृति माध्यमिक विद्यालय, बोगादोभान, धनगौ ज्योति माध्यमिक विद्यालय तमान, प्रकाश माध्यमिक विद्यालय खुंगा, त्रिभुवन माध्यमिक विद्यालय खरवाङमा अध्ययन संस्कृति विकास गर्न, अनौपचारिक शिक्षा हासिल गर्नको लागि उत्प्रेरणामुलक अभियान थालनी गर्न प्रशिक्षण गरेका थिए ।

प्रशिक्षणमा स्थायी साथी किताब बनाउनु पर्ने, पुुस्तकालयमा अध्ययन गर्ने बानीको विकास गर्ने, अध्ययन गर्न लागेको विद्यालयको पोशाकमा अनिवार्य फोटो खिचेर फेसबुकमा अपलोड गर्ने, जन्म दिवस, नयाँवर्ष, दशै तिहारमा पुस्तक उपहार दिने संस्कारको विकास गर्ने,वाक कलाको विकास गरी व्यक्तित्व विकास निर्माणमा ध्यान दिने,दया लाग्दो जिवन शैली नभई डाह लाग्दो जीवन शैली अपनाउनको लागि संघर्षशील जीवनयापन गर्ने, खोज अनुसन्धानमुलक अध्ययनमा निरन्तर लागि पर्ने जस्ता विभिन्न शैलीको अनुशिक्षण गरिएको थियो ।

आगामी दिनमा उत्तर गंगा माध्यमिक विद्यालय, निसीभुजी जनता क्याम्पस बुर्तिवाङका विद्यार्थीहरुलाई समेत सकारात्मक सोच, उत्प्रेरणा तथाअध्ययन संस्कृतिको विकास र विस्तार गर्न प्रशिक्षण कार्यक्रम गरिने योजना रहेको जानकारी गराईएको छ ।

सहजकर्ता थापाले आफुले विगत वर्षहरुमा सकारात्मक सोच, उत्प्रेरणा, अध्ययन संस्कृति विकास गर्ने कार्यक्रमहरु बागलुङ बजार, भकुण्डे, पाला, तंग्राममा गरेकोले सो तालिममा सहभागीहरु लोकसेवा आयोगका परिक्षाहरुमा पास भै बृत्तिविकास गरेको जानकारी दिएका थिए ।

नोकरीको शिलशिलामा विगत तमानखोलाको गाउँ गाउँमा भ्रमण गर्दा जनचेतनाको स्तर न्युन भएको पाएकोले केही मात्रामा भएपनि राहत हुने किसिमले निशूल्क रुपमा सहजीकरण गरेको र आगामी दिनमा जिल्लाका सबै विद्यालयमा सम्पर्क हुन आएमा अनुशिक्षण गर्ने सोच रहेको समेत प्रशिक्षक थापाले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *