त्रिभुवन माविको हिरक महोत्सवको लागि आर्थिक संकलन र प्रचार प्रसार तिव्र

कौरव खत्री, गुल्मी २०७५ पुस २६ । गुल्मीको नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयले मनाउन गइरहेको मुसिकोट धार्मिक तथा शैक्षिक हिरक महोत्सवको लागि विभिन्न स्थानहरुमा आर्थिक संकलन र प्रचार प्रसार अभियानलाई तिव्रता दिएको छ ।

मुसिकोट नगरपालिका २ मुसिकोट देउरालीमा अवस्थित माध्यमिक विद्यालयले बुटवल,नवलपरासी तथा चितवन लगायतका स्थानहरुमा अस्थायी र स्थायी बसोवास गदै विभिन्न पेसा व्यवसाय गदै आएका यस क्षेत्रका समाजसेवी,शिक्षाप्रेमी,बुद्धिजिवी लगायत व्यक्तिहरुसँग भेटघाट र महोत्सवका बारेमा प्रचार प्रसार सामग्री वितरण एवं आर्थिक संकलन अभियानलाई समेत तिव्रता दिएको विद्यालयका प्रधानाध्यापक तेज बहादुर महतले जानकारी दिए ।

प्रचार प्रसार तथा आर्थिक संकलन अभियानबाट झण्डै १ लाख भन्दा बढि आर्थिक संकलन भएको प्रधानाध्यापक महतले जानकारी दिए ।
प्राविधिक कृषि शिक्षा सञ्चानार्थको लागि आँउदो माघ २१ देखि २९ गतेसम्म विद्यालयले मुसिकोट शैक्षिक तथा धार्मिक महोत्सव गर्न लागिरहेको छ ।

२०ंं१४सालमा स्थापना भएको विद्यालयमा हाल कक्षा १ देखि १० सम्मका कक्षाहरु सञ्चालन भइरहेका छन् ।
अभियानको क्रममा महोत्सवका संयोजक कृष्णप्रसाद घिमिरे,प्रधानाध्यापक तेज बहादुर महत,विव्यस अध्यक्ष इश्वरी प्रसाद आचार्य, कोषाध्यक्ष रामचन्द्र घिमिरे, सह कोषाध्यक्ष महेन्द्र घिमिरे,प्रचारप्रसार संयोजक कौरव खत्री, हरिप्रसाद घिमिरे,भोजिन्द्र भट्टराई लगायतको टोली अभियानमा सहभागि रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *