जैमिनी महोत्सवको शुभारम्भ भोलि, मुख्य समारोहको उद्घाटन माघ १ गते उपराष्ट्रपति पुनले गर्ने !

सन्ध्या आचार्य, कुस्मीसेरा (बागलुङ) २०७५ पुस २६ । साहारा क्लबको आयोजना तथा जैमिनी नगरपालिकाको सहयोगमा भोलि पुस २७ गते देखी माघ ३ गते सम्म सन्चालन हुने प्रथम जैमिनी महोत्सव २०७५को तयारी तीब्ररुपले भैरहेको छ ।

‘स्थानीय कला, सँस्कृति, खेलकूदको सम्वर्धन कृषि, पर्यटन, उद्योगको पवद्र्धन’ भन्ने मुल नाराका साथ जैमिनी नगरपालिका-२ सहारा क्लको दुर्लेबेसी खेलमैदानमा आयोजन गरिन लागेको महोत्सवको शुभारम्भ भोलि पुस २७ गते जैमिनी नगरपालिकाका नगरप्रमुख ईन्द्रराज पौडेलको प्रमुख आतिथ्यतामा हुने आयोजकले जानकारी दिएका छन् ।

महोत्सवको मुख्य समारोहको उद्घाटन भने माघ १ गतेका दिन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने कार्यक्रम सार्वजनिक भएको छ ।

यसैगरी पुस २८ गते ब्याड्मिन्टन प्रतियोगिताको उद्घाटन प्रमुख अतिथी नेका महासमिति सदस्य भीम श्रीस, पुस २९ गते लोकदोहोरी गीत प्रतियोगिताको उद्घाटन प्रमुख अतिथी राष्ट्रिय सभा सांसद दीनानाथ शमा, पुस ३० गते लोक भजन प्रतियोगिताको उद्रघाटन पूर्व उपप्रधानमन्त्री चित्र बहादुर केसीबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

माघ २ गतेको प्रमुख अतिथीमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ तथा माघ ३ गतेको समापन कार्यक्रमको प्रमुख अतिथी नेकपा केन्द्रिय सदस्य लिलबहादुर थापा रहने जनाईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *