पर्वतका १९ परीक्षा केन्द्रहरुमा माध्यमिक शिक्षा परीक्षा सुरु, ३,०३९ जना परीक्षार्थी सहभागी !

माधब पराजुली पर्वत २०७३ चैत ३ । पर्वत जिल्लाका १९ परीक्षा केन्द्रहरुमा विहान ८ बजे देखी एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षा सुरु भएको छ ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (कक्षा १०)मा पर्वत जिल्लाबाट नियमिततर्फ ३ हजार १ सय ५ जना र एक्जाम्प्टेडतर्फ ५ सय ३४ जना गरि ३ हजार ३९ जान परीक्षार्थी सहभागी भएका छन् ।

परीक्षाका लागि पर्वत १९ ओटा केन्द्र निर्धारण गरिएको छ भने १९ जना केद्राध्यक्ष २ जना शाहयक केन्द्राध्यक्ष र निरिक्षक र सहयोगी कर्मचारी सहित करिब २५० जान खटाईएको कार्यालयले जनाएको छ ।

कार्यलयले हिँजो आयोजित एक कार्यक्रममा विद्यार्थीहरुमा बालमैत्री व्यवहार गर्नै, प्राथमिक उपचारको व्यवस्था मिलाउन , छात्राहरुको लागी सेनेटरी प्याडको व्यवस्थापन गर्न केन्द्राक्षहरुलाई निर्देशन समेत गरिएको जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले जानकारी दिएका थिए ।

परिक्षामा छात्राहरुको स्वास्थ्य सहजतालाई ध्यानमा राखेर १९ ओटै परिक्षा केन्द्र सेनेटरी प्याड पठाइएको उनले बताएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.