गल्कोटमा नेपाल विद्यार्थी संघको संगठन बिस्तार तीब्र !

गल्कोट २०७५ पुस २५ । गल्कोटमा नेपाल बिद्यार्थी संघको संगठनलाई तिब्र पारिएको छ । संगठन विस्तारको क्रममा आज गलकोट माद्यमिक बिद्यालयमा निर्मल सुनारको अध्यक्षतामा गलकोट माद्यमिक बिद्यालय ईकाई समिति गठन गरिएको छ । समितिको उपाध्यक्ष मनिसा साहानी, सचिवमा बिपिन राना, सहसचिवमा कौशिला न्युरे र कोषाध्यक्षमा टिका दर्जी रहेका छन् ।

समितिको सदस्यहरुमा अस्मिता गन्धर्व, सिजन खत्री, गंगा श्रीस, सरस्वती खत्री, चन्द्रा बिक, ललिता छन्तयाल, अन्जली खत्री, देबुका खत्री, अनुजा चोखाल, सोनाम खत्री, रक्सना खत्री, बिनिता भण्डारी, शान्ति पाईजा, ईश्वरी खत्री, अनिता बिक, आदित्ती घर्ती मगर, चन्द्रमा पुन मगर, पुजा केसी, बिमला थापा, रमा श्रीस र बबिता गैरे रहेका छन् ।

त्यस्तै रामु क्षेत्रीको अध्यक्षतामा खरुवा माद्यमिक बिद्यालय गलकोट नगरपालिका वाड नम्बर ४ मा १७ सदस्यीय समिति गठन भएको छ । समितिको उपाध्यक्षमा दिपक सुनार, सचिवमा पुर्णकली सुनार, सहसचिवमा सबिना मल्ल, कोषाध्यक्षमा अर्जुन सुनार रहेका छन ।

समितिको सदस्यहरुमा ईश्वर सुवेदी, राजिव सुवेदी, राजेन्द्र परियार, प्रेम खड्का, सन्दिप साहानी, हरि सुवेदी, दिलिप सुवेदी, मनोज सुवेदी, शिशिर सुवेदी, शर्मिला सुनार, दित्ति मल्ल र शुमिरा खत्री रहेका छन ।

सो अवसरमा गठित समितिका पदाधिकारीलाई अबिर लगाएर सम्मान गरिएको सहकर्मी गुमानसिँह भण्डारीले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *