ढोरपाटन–४ धिरीका विश्वकर्मा समुदायकोे पुर्खेउली पेशा आरन व्यवसाय लोप हुदै !

सुमन सुनार, बुर्तिवाङ २०७५ पुस २५ । ढोरपाटन नगरपालिका–४ धिरीका विश्वकर्मा समुदायकोे पुखर््यौली पेशा आरन व्यवसाय पछिल्लो समय लोप हुदै गएको छ । परम्परागतमा रुपमा चल्दै आएको आरन व्यवसाय तथा वालिघरे पेशा प्रति युवा पुस्ताको आकर्षण घट्दै जानुका साथै बजारमा तयार भएका हात हतियार गाउँ घरमा भित्रिन थालेपछि यहाँका विश्वकर्मा समुदायको मुख्य पेशा आरन व्यवसाय संकटमा परेको हो । सरसरती हेर्दा नयाँ पीँढीमा आरन व्यवसाय प्रति अभिरुची नहुनु, घरेलु हतियार (औजार) हरु बाहिरबाट बजारमा भित्रिनु, आरन व्यवसायलाई नभै नहुने कोईलाको अभाव हुनु, अधिकांश युवाहरु बेदेशिक रोजगारीप्रतिको आकर्षण आदि कारणबाट गाउँघरे आरन व्यवसाय र बाली प्रथा क्रमश लोप हुँदै गएको हो ।

करिव २० देखि २५ घरधुरी विश्वकर्मा समुदायको बसोवास रहेको ढोरपाटन नगरपालिका–४ धिरीको आरन डेरामा कुनै बेला उनिहरुको आयआर्जनको प्रमुख श्रोत नै आरन व्यवसाय थियो । समयको परिवर्तन संगै पछिल्लो समय युवाहरु आरन व्यवसाय प्रति भन्दा पनि बैदेशिक रोजगार, अन्य पेशा व्यवसायमा आकर्षित हुन थालेपछि आरन व्यवसाय लोप हुन थालेको आरन डेराका ७५ वर्षिय दन्दराज विश्वकर्मा (गोतामे) ले बताए । आफुले १४ वर्षको उमेर देखि अहिले सम्म आरन व्यवसाय अंगाल्दै आए पनि उमेर हदका कारण व्यवसायलाई आधुनिकीकरण गरी सञ्चालन गर्न नसकेको विश्वकर्माको भनाई छ । कुनै बेला कसले राम्रो हातहतियार र भाँडाकुडा निर्माण गर्ने भन्ने प्रतिस्पर्धा हुने धिरी गाउँको आरन डेरामा घरमा जीवन निर्वाह गर्ने माध्यम भनेकै आरन व्यवसाय थियो तर अहिले सवैले आरन व्यवसाय छोड्दै जान थालेको उनले बताए । विश्वकर्माका अनुसार आफ्ना ४ छोराहरु मध्य कसैले पनि सिक्न नचाहेको र कोही बैदेशिक रोजगारमा रहेका छन भने कोहि अन्य व्यवसायमा संलग्न रहेका छन् । अहिले आफुसंगै आप्mनो माइलो भाईले एकै ठाउँमा आरन चलाएर आफुलाई आवश्यक हात हतियार र भाडाँकुडा बनाउदै आएको उनको भनाई छ । विश्वकर्माले भने, “आप्mना दाजुभाई सबैले आरन व्यवसाय गर्न छोडे, भाई र मैले एकै ठाँउमा आरन सञ्चालन गरेका छौँ, पछिल्ला समय गाउँका मानिसले बजारबाट हात हतियार लिन थालेपछि, हाम्रोमा आउनै छाडे, त्यसैले आफुलाई आवश्यक परेका घरायसी सामाग्री मात्र बनाउने गरेका छौँ” । व्यवसायलाई निरन्तरता दिने प्रयास गरेपनि गोलको अभावमा भने जति काम गर्न नसकिएको उनले बताए ।

उता अर्का आरन व्यवसायी ७७ वर्षिय गोविराम विश्वकर्मा (गोतामे) ले उमेर हदका कारण आरन व्यवसाय छोडेको तर आप्mनो जेठो छोराले त्यसलाई निरन्तरता दिएको बताउछन् । जेठो छोराले पनि अव आरन पेशा छोडेर अन्य पेशा व्यवसायमा संलग्न बन्ने बताउँदै आएको उनले बताए । यसरी युवा पुस्ताको आरन व्यवसाय प्रति घट्दो आकर्षण र परम्परागत व्यवसायलाई आधुनिकीकरण गरी व्यवसायिक बन्न समेत नखोज्नुले आरन व्यवसाय अव पुरै लोप हुने अवस्थामा रहेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

युवा पुस्ताले सिक्न नचाहने, पेशालाई आधुनिकीकरण गर्न नसक्नु र यसको संरक्षणमा कसैले चासो नदिदा समेत आरन व्यवसाय लोप हुने अवस्थामा पुगेको भन्दै विश्वकर्माले चिन्ता व्यक्त गरे । धेरै मेहनतमा कम आम्दानी हुने र बजारमा आधुनिक उपकरणको प्रयोगबाट औजार, भाडा उत्पादन हुन थालेपछि युवाहरु पुखर््यौली पेशा छोडेर अन्य पेशा अंगाल्न बाध्य भएको उनको अनुभव छ । पहिला–पहिला बजारमा हातहतियार बनाउने साधनहरु नहुने भएकाले पनि केहि खर्च दिएर हसिया वन्चरो जस्ता घरायसी चाहिने सामान बनाउन स्थानीयहरुको चाप हुने गरेपनि अहिले विभिन्न आधुनिक साधनले गर्दा आफुहरुको व्यवसाय पनि लोप हुने अवस्थामा पुगेको उनले दुखेसो पोखे ।

गाउँघरको आरनमा दिनभरी बसेर घरायसी हातहतियार बनाउन धेरै समय खर्च हुने भएकाले पनि बजारमा सस्तोमा पाइने भएकाले अधिकांश स्थानीयहरुले घरायसी हातहतियार बजारवाटै किनेर प्रयोग गर्ने गरेको स्थानिय महिला बेलसरी विश्वकर्मा (गोतामे) ले बताईन् ।
आरन व्यवसायलाई आधुनिकिरण गर्दै व्यवसायिक बन्न नसके गाउँ घरमा परम्परागत रुपमा चलिआएका पेशाहरु विस्तारै लोप हुदै जाने खतरा रहेको स्थानिय हस्तमान विश्वकर्मा (गोतामे) ले बताए । पुर्ख्यौली सिप सिकेर खेर नजाने भन्दै सकेसम्म यस्ता पुराना पेशाहरुलाई बचाएर लगेमा स्थानीय स्तरका स्रोत साधनको पनि भविष्यमा राम्रो अवस्था आउने विश्वकर्माको भनाई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *