ताराखोलामा गोठ जल्दा तीन बालबालिकाको मृत्यु !

ताराखोला, २०७५ पुस २४ । बागलुङ जिल्लाको ताराखोला गाउपालिका – ४ तारामा आगोताप्दै गरेका तीनजना बालबालिकाहरुको जलेर मृत्यु भएको छ । मंगलबार दिउँसो ४ बजेको समयमा गोठ छेउमा आगो तापी रहेका दुई बालक र एक बालिकाको जलेर मृत्यु भएको हो ।

अत्याधिक जाडो बढेका कारण स्थानीय याम बहादुर खत्रीको कच्ची गोठमा आगो तापेर खेलिरहेका बालकालिकाहरु एक्कासी गोठमा आगलागी हुँदा तीनै जनाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्युहुनेहरुमा स्थानीय रुद्रबहादुर रोकाका ६ वर्षिय छोरा रतिस रोका तथा स्थानीय डिलबहादुर घर्तीका ६ वर्षिया छोरी ऋतु र ४ वर्षिय छोरा आयुस घर्ती रहेका छन् ।

ताराखोला ईलाका प्रहरी कार्यालयबाट गएको प्रहरी टोली र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिईएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *