जोमसोममा माध्यमिक शिक्षा परीक्षा (SEE) सुरु, १७२ जना परीक्षार्थी सम्मिलित !

केशव बि.क. मुस्ताङ, २०७३ चैत ३ । देशभर संचालन भैरहेको २०७३ सालको माध्यमिक शिक्षा परीक्षा (प्रवेशिका परिक्षा, एसएलसी) मा प्रदेश नं. ४ को हिमाली जिल्ला मुस्ताङबाट १७२ जना विद्यार्थी सम्मेलित भएका छन् ।

जिल्लाको एकमात्र परिक्षा केन्द्र जनहित उच्च माध्यमिक विद्यालय जोमसोममा जिल्लामा रहेका ८ वटा माध्यामिक विद्यालय र एक वटा खुल्ला विद्यालयका परिक्षार्थी परिक्षामा सामेल भएको जिल्ला शिक्षा अधिकारी युवराज बगालेले जानकारी दिए ।

धौलागिरी बोर्डिङ स्कुल जोमसोमबाट ३१ जना, जनशान्ति मावि कागबेनीबाट ७ जना, जनहित उमावि जोमसोमबाट ४१ जना, योगेन्द्र उमावि टुकुचेबाट १९ जना, ज्ञानोदय मावि लेतेबाट १६ जना, जनबाल मावि मार्फाबाट १२ जना, जनआर्दश मावि कोवाङबाट १८ जना, दिव्यदिप मावि छोसेरबाट ७ जना, जनहित उमावि जोमसोम खुल्ला विद्यालयबाट २१ जना गरी १७२ जना विद्यार्थी परिक्षामा सामेल भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

मुस्ताङमा अहिले सम्मकै सबैभन्दा धेरै विद्यार्थी माध्यमिक शिक्षा परिक्षा (SEE) मा सामेल भएका हुन् । परिक्षा विहान ८ बजे देखि सुरु भएको छ ।

प्राविधिक तर्फको परिक्षा चैत १४ गते सम्म र अन्य विषयको परिक्षा चैत्र ११ गते सम्म संचालन हुने बताइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.