६९ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र !

बागलुङ २०७५ पुस २४ । जिल्ला प्रशासन कार्यालय बागलुङमा गल्कोटका एक जना ६९ वर्षिय बृद्धले नेपाली नागरिकताको प्रमाण पत्र लिएका छन् । रोजगारीका लागि भारत गएका गल्कोट नगरपालिका ९ का ६९ वर्षिय अपांगता भएको चन्द्रे दमाईले नागरिकताको प्रमाण पत्र लिएको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत धिरेन्द्र पन्तले बताए ।

बेलैमा नेपाली नागरिकताको प्रमाण पत्र लिनु पर्ने भन्ने कुरा अझैपनि जिल्लाका विभिन्न गाउँठाउँहरुमा हेक्का नभएको धेरै उदाहरणहरु फेला पर्ने गरेका छन् ।

समय मै नागरिकताको प्रमाणपत्र लिएमा राज्यबाट प्राप्त हुने सहयोग लिन सजिलो हुने जानकारी समेत नराखी धेरै जसो अपांगता भएका र बयोबृद्धहरुले समयमै नगर तथा गाउपालिकाहरुले सचेत गराउन आवश्यक देखिन्छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *