कर्मचारी समायोजन सम्वन्धी अनलाईन फाराम भर्न हेल्प डेस्कको स्थापना !

बागलुङ २०७५ पुस २४ । जिल्ला प्रशासन कार्यालय बागलुङमा कर्मचारी समायोजन सम्वन्धमा अनलाईन फाराम भर्न हेल्प डेस्क स्थापना गरिएको छ ।

हेल्प डेस्कको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले कर्मचारीहरुको सुविधालाई मध्यनजर गरी बिहान ८ बजेदेखी साँझ ६ बजे सम्म हेल्प डेस्क खुला रहने जानकारी दिँदै कर्मचारी समायोजनमा सबैको सहभागिता आवश्यक रहेका बताए ।

सो अवसरमा निजामती कर्मचारीको आधिकारिक ट्रड युनियनका अध्यक्ष तेजप्रसाद निउरे, उपाध्यक्ष दुर्गाप्रसाद शर्मा तथा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख तथा अफिसर्स क्लब बागलुङका अध्यक्ष दीपक तिवारीले कर्मचारी समायोजन सम्वन्धमा प्रष्ट पारेका थिए ।
कार्यक्रमको सन्चालन प्रशासकीय अधिकृत धिरेन्द्र पन्तले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *