ढोरपाटन नगरपालिकाको नगर प्रमुखमा नेपाली काँग्रेसबाट अदैको उमेदवारी घोषणा !

बागलुङ २०७३ चैत ३ । स्थानीय तहको निर्वाचन आगामी २०७४ साल बैशाख महिनाको ३१ गते तोकिएसँगै निर्वाचन सरगर्मी बढेको छ । सरकारले स्थानीय तहको पुनसंँरचना लागु गरेपछी राजनीतिक दलहरुले आफना उमेदवारहरु तय गर्न सुरु गरिसकेका छन् ।

यसैक्रममा बागलुङ जिल्लाका चार नगरपालिका मध्य पश्चिममा रहेको ढोरपाटन नगरपालिकाको नगरप्रमुख (मेयर) पदमा नेपाली काँग्रेसबाट दिपक कुमार अदैले उमेदवारी घोषणा गरेका छन् । पार्टीले आधिकारिकरुपमा उमेदवारहरुको नाम जारी गरिनसकेपनि ढोरपाटन नगरपालिकाको नगर प्रमुख (मेयर) पदमा अदैको प्रचार सुरु भैसकेको छ ।

ढोरपाटन बुर्तिबाङ सेवा समाज, दोहा कतारका सस्थापक अध्यक्ष तथा जनसम्पर्क समिती सदस्य दिपक कुमार अदैले ११ वर्ष विदेश (कतार)बसाईका क्रममा निसीभुजी क्षेत्रको विकासमा विशेष योगदान पुराएको कुरालाई ईंगित गर्दै ढोरपाटन बुर्तिबाङ सेवा समाज, दोहा कतारका उपाध्यक्ष देबिन्द्र रसाईलीले अदैलाई आफनो अमुल्य मत दिएर ढोरपाटन नगरपालिकाको नगर प्रमुखमा विजयी गराउन अपील समेत जारी गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *