प्रवास : युएईमा १२ महिला सहित २०० जना नेपाली जेल जीवन जिउन बाध्य !

सचिन्द्र श्रेष्ठ,युएई, २०७५ पुष २३ । युएईको राजधानी अबुधाबी स्थित नेपाली दूतावासले २०७५ सालको जेल भ्रमण पूरा गरि जेलजीवन बिताउन बाध्य भएका नेपालीहरुको तथ्यांक हिजो सार्बजनिक गरेको छ । राजधानी अबुधाबि स्थित नेपाली दूतावासले हरेक ६/६ महिनाको अवधिमा गर्दै आएको जेल भ्रमणलाई यसपटक पनि निरंतरता दिएको हो ।

नेपाली दूतावासले २०७४ असारमा युएईको सातवटा राज्यमा रहेका ८ वटा जेलहरुको भ्रमण गरेको थियो। त्यतिबेला जम्मा १०९ जनाले सँजाय भुक्तान गरिरहेको पाईएको थियो। ती मध्ये अधिकांश मदिरा सेवन गरि झैझगडामा संलग्न भएर जेल परेको देखिएको थियो।

कार्यवाहक राजदूत सागरप्रसाद फुयाँलको नेतृत्वमा २०७५ बैशाखमा गरिएको जेल भ्रमणका बेला १२ जना महिला र १७३ जना पुरुष गरि जम्मा १८५ जना नेपालीले सँजाय भुक्तान गरिरहेको पाईएको थियो। त्यतिबेला पनि मदिरा सेवनगरि झैझगडामा संलग्न नेपालीहरुको संख्या अधिक रहेको पाईएको थियो।

साथै दूतावासले यसपटक गत डिसेम्बर महिनामा युएईका सातवटा राज्यमा रहेका ८ वटा जेलको भ्रमण पूरा गरि नेपालीहरुको अवस्था बुझेको छ, जसमा १२ महिला र १ सय ८८ जना पुरुषले जेल जीवन बिताउदै आएको तथ्यांकले देखाएकोछ।

जेल भ्रमणका क्रममा सारजाह जेलमा १० ,दुबईको अल अविर स्थित सेन्ट्रल जेलमा ६८ ,अल अथ्वा सेन्ट्रल जेलमा ९८ ,अजमान सेन्ट्रल जेलमा ४, रसअलखेमा सेन्ट्रल जेलमा ४, फुजेरा सेन्ट्रल जेलमा २ र अल एन सेन्ट्रल जेलमा १४ नेपाली रहेका छन् भने यसपटक उमअल क्विन सेन्ट्रल जेलमा नेपाली नरहेको दूतावासले जनाएको छ।

नेपाली दुतावासले जेलमा रहेका नेपालीहरुको अवस्था र मुद्दाको स्थिति अध्ययन गरि कुटनैतिक तवरबाट समस्या समाधानको पहल गर्न नियमित रूपमा जेल भ्रमण गर्दै आएको हाे । २०७१ सालमा गरिएको जेल भ्रमणमा युएईको जेलमा जम्मा ५७ जना नेपाली रहेकोमा उक्त सङ्ख्या बढेर २०७५ सालमा आउदा २०० जना पुगेको छ । जसमा सबैभन्दा धेरै नेपाली १ सय १६ जना मदिरा सेवन र झैझगडाको कारण जेल परेको दूतावास द्वारा जारी तथ्यांकमा उल्लेख छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.