तीन मुक्तक : राष्ट्रियता विरुद्धको कुनै खेल नहोस् !

नेल जेल वा जस्तोसुकै झेल होस्
राष्ट्रियता विरुद्धको कुनै खेल नहोस्।।

भ्रष्टाचारको अखडा सबैतिर ब्याप्त छ,
बाईडबडी जस्तो आउने रेल नहोस्।।

बिद्धुतीय बसपनी चाईना भन्दै भारतको रे,
चल्ने आओस् कागलाई पाकेको बेल नहोस्।।

मेलम्ची त सधैको दुहुनो गाईसरी भयो यहाँ,
अब काम ठप्प पारेर रकम लेनेदेन नहोस्।।

गाउँ गाँउमा सिंहदरबार केन्द्रमा दुईतिहाई,
बिकास जति गफै गफमा बिलीन नहोस् ।।

उत्तर वा दक्षिण डगमगाउनु दिन्न हुन्न राष्ट्रियता,
संन्धि सम्झौतामा राष्ट्रियता विरुद्ध खेल नहोस्।।
***
तितोमिठो सबै जिन्दगी नै खाना रहेछ।
जति पल्टाएपनि नसकिने पाना रहेछ।।

उदेश्य ती अनगिन्ती भेट्ने चाहनामा,
मुरी छुट्यो, हातमा खाली माना रहेछ।।

मान्छे आफै भागदौडमा पराजीत हुँदा,
समयलाई दोष दिने केवल बहाना रहेछ।।

मुखले ठिक्क आत्मामा बिश्वास नै छैन कतै,
जालझेल छल छाम कलिको जमाना रहेछ।।

कर्तब्य मानमर्दन गर्छन देसका मपाईहरु,
अस्तिमात्रै समबेदनामा शुभकामना रहेछ।।

***

खै किन हो तिमीले मेरो नाम थर सोध्यौ।
केहिकुरा बुझ्नु छ भन्दै जन्म घर सोध्यौ।।

दंग परे भन्छेयौ तिमीले मलाई भेटेपछी,
लजाए रै आज के छ मनको रहर सोध्यौ।।
खै किन हो तिमीले मेरो नाम थर सोध्यौ

मन पर्यो तिम्रो आनि बानी पनि भन्छेयौ,
फेरि किन तिम्रो घर गाउँ कि शहर सोध्यौ।।
खै किन हो तिमीले मेरो नाम थर सोध्यौ

मैले के के सोची सके के छ नि तिम्रो बिचार,
कस्तो होला सँगै हुँदाका ती प्रहर सोध्यौ।।
खै किन हो तिमीले मेरो नाम थर सोध्यौ

मलाई धरोधर्म के के भा छ तिमीलाई भेटेपछि,
तिमीलाई कस्तो भा छ नि,प्रेमको लहर सोध्यौ।।

खै किन हो तिमीले मेरो नाम थर सोध्यौ।
केही कुरा बुझ्नु छ भन्दै जन्म घर सोध्यौ।।

राम प्रसाद शर्मा
बागलुङ,
२०७५ पुस २३ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.