प्रवास : टिकटक प्रयोगकर्ताहरुको समूह दुबईद्वारा क्यान्सर पीडित बालिकालाइ आर्थिक सहयोग

सचिन्द्र श्रेष्ठ,दुबई २०७५ पुस २३ । मनोरन्जनात्मक सामाजिक संजाल टिकटक प्रयोगकर्ता सोहि मध्यमबाट सामाजिक कार्यमा समेत जुटेका छन्। टिक टक प्रयोगकर्ताहरुको एउटा समूहले काठमांड़ौमा ‘च्यारिटी १००’ नामको एउटा ग्रूप बनाएर समाजसेवा गर्ने गरेको छन।

आइतबार ओखलढुंगा निवासी क्यान्सर पीडित १५ बर्षीया बालिका मिसना राईलाइ रु.२०,०००/ सहयोग गरेको छ, उक्त रकम ‘नेपाल च्यारिटी १०० ‘का तर्फबाट पुनम कुवर, पुजा मगर, रेहान, बिनी क्षेत्री र मारिया समेतले पीडितलाइ भेटी हस्तान्तरण गरेका छन् ।

गत महिना समेत दुवै मिर्गौलाले काम नगर्ने अवस्थामा रहेकी मन कुमारी तामांगलाई रु १६ हजार सहयोग गरेका टिकटक प्रयोग कर्ताहरुले सामाजिक कार्यमा निरन्तरता दिदै आएका छन् । उक्त च्यारिटी कार्यक्रममा यूएईबाट पनि दुबई टिम नेपयूएईका प्रयोग कर्ताहरुले नियमित सहयोग गर्दै आएको र आगामी दिनमा पनि यस्तै सहयोग निरन्तर गरि रहने आफुहरुको योजना रहेको कुरा नबिन पौडेल र एमडी बोहोराले जानकारी दिए ।

मानबीय सहयोग गर्ने इच्छा भएमा हरेक कुरालाई सकारात्मक रुपमा लैजान सकिन्छ भन्ने एउटा उदाहरण सामाजिक संजाल टिकटक प्रयोग कर्ताले दिएका छन् । करीब १ महिना पहिले पनि टिकटक प्रयोग कर्ताको दुबईमा भब्य भेला सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *