मानव जीवनलाई सफल बनाउनका लागि समाजमा सकारात्मक कार्य गर्नुपर्नेमा प्रजिअ खरेलको जोड !

स्वर्गीय प्रविण खड्का स्मृति सेवा कोषव्दारा फरक क्षमता भएकालाई सम्मान !

कोपिला कंडेल, बागलुङ २०७५ पुस २२ । स्व. प्रविण खड्का स्मृति सेवा कोषबाट फरक क्षेमता भएका ५ जनालाई सम्मान एबं पुरस्कृत गरिएको छ । कोषले आईतबार एक कार्यक्रमको आयोजना गरी अपाङ्गताको क्षेत्रमा बिशेष योगदान पुर्याउने एकजनालाई सम्मान र ४ जनालाई पुरस्कृत गरेको हो । कोषले अपाङ्गता लगायत समाजमा बिशेष योगदान पुर्याउने पर्वत निवासी जगन्नाथ शर्मालाई सम्मान पत्र र नगद रु पाच हजार सहित दोशल्ला ओढाएर सम्मान गरेको थियो ।

त्यसैगरी फरक क्षेमता भएका तर्फ शारीरिक अपाङ्ग धौलागिरी बहुमुखी क्याम्पस बागलुङमा स्नाकोत्तर तहमा अध्यनरत बिष्णु प्रसाद पौडेल दृष्टिबिहीन जनता धन उच्च माबि बलेवाका डिना कुमारी पाण्डे बौद्धिक अपाङ्ग बिशेष बाल कक्षा बागलुङमा अध्यनरत कमला थापा र बहिरा तर्फ बहिरा आवसीय माबि रामरेखाका बिनिता डिसी रहेका छन् ।

सम्मानित एबं पुरस्कृत सबैलाई प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेल र कोषका अध्यक्ष काजि रोशनले नगद प्रशंसा पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

सम्मान पछि बोल्दै प्रमुख जिल्ला अधिकारी खरेलले फरक क्षेमता भएकाहरुलाई हौसला प्रदान गर्नका लागि कोषले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए । उनले मानव जीवनलाई सफल बनाउनका लागि समाजमा सकारात्मक कार्य गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बागलुङ उद्योग बाणिज्य सघंका अध्यक्ष युवराज राजभण्डारी समाजसेवी देब बहादुर श्रेष्ठ नेपाल रेडक्रस सोशाईटी बागलुङका उपसभापति राजेन्द्र आचार्य कृष्ण गण्डकी क्याम्पसका अध्यक्ष कमल बहादुर जिसी नेपाल पत्रकार महासघं बागलुङ शाखाका सचिव राम थापा अबिरल महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लिला खड्का पुरस्कृत ब्यक्तित्व बिष्णु प्रसाद पौडेल र डिना कुमारी पाण्डे लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रम कोषका अध्यक्ष काजि रोशनको अध्यक्षता सदस्य विश्वनाथ रेग्मीको स्वागत मन्तब्य र सदस्य सचिव युक्त राजभण्डारीको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.