जागरण युवा क्लबव्दारा गरिव तथा जेहेन्दार विद्यार्थीलाई पोषाक र स्टेशनरी सामान वितरण !

टिकाराम भट्टराई, बुर्तिवाङ २०७५ पुस २१ । विगत केही समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको जागरण युवा क्लल, ढोरपाटन बागलुङले आज एक कार्यक्रमको आयोजना गरि गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई विद्यालय पोषाक र स्टेशनरी सामान वितरण गरेको छ ।
शिक्षा स्वास्थ तथा वातावरण क्षेत्रमा काम गर्ने उदेश्यका साथ २०७३ सालमा स्थापित यश क्लवले आफ्नो स्थापना कालदेखी गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति, बृक्षरोपन, ज्येष्ठ नागरिक सम्मान लगायतका कार्यक्रम गर्दै आएको छ ।

श्री जनहित आधारभूत विद्यालय निसिखोला २ काल्नेचौरमा कक्षा ६ मा अध्ययनरत छात्रा सोनिया कार्की, सोही विद्यालयमा कक्षा ५ मा अध्ययनरत छात्रा पुष्पा थापा, रत्न राज्य लक्ष्मी माध्यमिक विद्यालय निसिखोला २ मा अध्ययनरत चात्र तेजेन्द्र खत्री र भूजी माध्यमिक विद्यालय ढोरपाटन ५ अधिकारीचौरमा अध्ययनरत छात्रा निशानी छन्त्याल र छात्र ललित विश्वकर्मालाई छात्रवृत्ति स्वरुप विद्यालय पोषाक र स्टेशनरी सामान प्रदान गरिएको हो ।

त्यस्तै यातायात खर्चवापत जनही रु. ५०० का दरले रकम समेत दिईएको क्लवका उपाध्यक्ष दिपेन्द्र छन्त्यालले बताए । त्यस्तै ढोरपाटन नगरपालिका ५ निवासी एक असहाय वृद्ध वीर बहादुर छन्त्याललाई रु. १५०० सहयोग समेत हस्तान्तरण गरिएको छ । पढाइ राम्रो हुँदा हुँदै पनि कमजोर आर्थिक स्थितिका कारण पढाई खर्च जुटाउन नसकी विद्यालय छोड्ने समस्याको न्युनीकरणका लागि उक्त कार्यक्रम ल्याईएको क्लवका अध्यक्ष थमनाथ पौडेलले बताए।

क्लबले विभिन्न सामाजिक कार्यहरु अन्तरगत ढोरपाटन नगरपालिका वडा नम्बर ५ अधिकारीचौरमा बृद्धबृद्धा सम्मान,निसीभुजी जनता क्याम्पस परिसरमा वृक्षा रोपन,बुर्तिबाङ बजारको देब चोकमा पिपँलको बिरुवा लगाएको र बडिगाड खोलाको किनारामा बुर्तिबाङ बजारलाई खोलालाई कटान नगरोस भन्ने उद्देश्यले लक्ष्मी कुण्ड देखी रिभरहेड सम्म पाकुँरीको बिरुवा समेत लगाईसकेको अध्यक्ष पौडेलले बताए ।

अन्य यस्तै विद्यार्थीहरुलाई पनि सहयोग गर्ने क्लबको सोच रहे पनि पछिल्लो समय अध्यक्ष थमनाथ पौडेल,सचिव झम सिर्पाली,सदस्य दोर्ण कुमार छन्त्यालले आफ्नै पर्सबाटै भए पनि सहयोग गरिरहेको सचिब झम सिर्पालीले बताए । आर्थिक अवस्था कम्जोर रहेका यि–यस्तै बालबालिकाहरुको उज्वल भविश्य निमार्ण गरिदिनको निम्ति सबैले सक्दो सहयोग गरिदिन समेत सिर्पालीले अनुरोध गरेका थिए ।

गत वर्ष पनि क्लबले उत्तरगगां माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्यनरत तर आर्थिक अवस्था कम्जोर रहेका केहि विद्यार्थीहरुको भर्ना शुल्क देखी मासिक फि र कक्षा १२ सम्म नि:शुल्क नै गरेको थियो भने अन्य केहि आधारभुत विद्यालयका विद्यार्थी समेत छात्रावृति स्वरुप स्कुल ड्रेस सहित स्टेसनरी सामाग्री प्रदान गरेको थियो । पश्चिमका विभिन्न विद्यालयमा अध्यनरत तर घरको आर्थिक स्थिति कम्जोर रहेका,पढाई राम्रो रहेको तर पढाई छाड्न बाध्य बनेका विद्यार्थीहरुको अध्ययनमा केहि सहज होस भनि उक्त छात्रावृति प्रदान गरिएको थियो ।

कार्यक्रममा सामुदायिक रेडियो परिवर्तनका प्रबन्ध निर्देशक लोकेन्द्र निरासी, शिक्षक पूर्णपति कँडेल, रेडियो बुर्तिबाङका प्रतिनिधि टिकाराम भट्टराई लगायतले बोल्दै क्लबले गरेको सकारात्मक कार्यप्रति धन्यवाद व्यक्त गरेका थिए । क्लबका अध्यक्ष थमनाथ पौडेलको अध्यक्षता रहेको उक्त कार्यक्रमको संचालन क्लबका सचिव झम सिर्पालीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *