साहित्यप्रेमीहरुको भेलाव्दारा पत्रकार निरासीको अध्यक्षतामा ढोरपाटन साहित्य प्रतिष्ठान गठन !

बुर्तिवाङ २०७५ पुस २१ । पश्चिम बागलुङको साहित्य सिर्जनालाई संरक्षण र विकास गर्ने उद्देश्यले बुर्तिबाङमा साहित्यप्रेमीहरुको एक भेलाले शनिवार लोकेन्द्र निरासीको अध्यक्षतामा ९ सदस्यीय ढोरपाटन साहित्य प्रतिष्ठानको तदर्थ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा थमनाथ पौडेल, सचिवमा पूर्णपति कँडेल, सहसचिवमा रिषी सापकोटा, कोषाध्यक्षमा विन्दु खनाल र अन्य सदस्यहरुमा झम सिर्पाली, नरिश्वर घिमिरे, राजु विश्वकर्मा र प्रशंसा खत्री रहेका छन् ।

उक्त भेलाले सुरज दीपशिखा, हिरालाल पौडेल र राम सुवेदीलाई सल्लाहकारमा चयन गरेको छ । भेलाले एक महिना भित्रमा संस्थाको विधान तयार पारी दर्ता प्रक्रियालाई अगाडि बढाउने निर्णय गरेको छ भने विधानको मस्यौदा तयार पार्नको लागि अध्यक्ष र सचिवलाई जिम्मा दिइएको छ ।

भेलामा साहित्यिक व्यक्तित्व सूरज दीपशिखाको विशेष उपस्थिति रहेको थियो । भेलामा बोल्दै उनले सुषुप्त अवस्थामा रहेको पश्चिम बागलुङ एवं ढोरपाटन क्षेत्रको साहित्यलाई अगाडि बढाउन यस क्षेत्रका साहित्यप्रेमी व्यक्तित्वहरुको महत्वपूर्ण भुमिका हुने भन्दै आफूले पनि त्यसको लागि हरहमेशा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

त्यसैगरी तदर्थ समितिका अध्यक्ष निरासीले आगामी दिनमा संस्थालाई अझै फराकिलो बनाउँदै यस क्षेत्रका सबै साहित्यप्रेमीहरुलाई समेट्दै सबैसंग सहकार्य र हातेमालो गरेर जाने बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *